बानेश्वरमा ‘कपास फेसन’

kapasकाठमाडौं । स्वदेशी तथा विदेशी ब्राण्डका आकर्षक पहिरन तथा सेरवानीका लुगासहितको नयाँ फेसन पसल राजधानीको नयाँवानेश्वरमा सोमबारबाट सञ्चालनमा आएको छ । लामो समयदेखि फेसन डिजाइनिङमा आबद्ध मदन पौडेलसहित हाम्रो ग्रुप अफ कम्पनीले ‘कपास फेसन’ नामक फेसन पसल सञ्चालनमा ल्याएको हो ।

फेसन पसलको सोमबार अभिनेता निखिल उप्रेती र नायिका अशिस्मा नकर्मीले संयुक्त रूपमा रिवन काटेर शुभारम्भ गरे । कार्यक्रममा अभिनेता उप्रेतीले पहिलाको समयमा आफूलाई पहिरन छनौटको बारेमा खासै जानकारी नभए पनि अहिले चाहिँ कार्यक्रममा जाँदा लुगा छनौट गरेर लगाउने गरेको बताए । नायिका नकर्मीले आफू फेसन प्रति संवेदनशिल रहेको जानकारी दिँदै बाहिर निस्किँदा आफ्नो छनौट र आफँैले डिजाइन गरेका पहिरन लगाएर निस्कने गरेको खुलाईन् ।

पसलका निर्देशकसमेत रहेका डिजाइनर पौडेलले पसलमा महिला र पुरुष दुवै जनालाई मिल्ने किसिमका महंगादेखि औसत मूल्यका पार्टी पहिरन उपलब्ध हुने जानकारी दिए । ‘यहाँ नेपाली परम्परागत किसिमका पहिरनसँगै भारतीय सेरवानी किसिमका पहिरन पनि पाइन्छन्,’उनले भने,‘खास गरी सेलिब्रेटीलाई सुहाउँदिलो किसिमका पहिरन पनि म आफैँले डिजाइन गरेर तयार पारेको छु ।’

सन् २०१४ मा इण्डोनेशियामा भएको एसियन फेसन विकमा नेपालको तर्फबाट सहभागिता जनाईसकेका मदनले आफूले उत्पादन गरेका पहिरनहरू लण्डन, अमेरिका, जापानलगायतका मुलुकमा समेत निर्यात गर्ने गरेको बताए । (सौस)

प्रतिक्रिया