रोलबल टोली भारत जाने

rol copyकाठमाडौं, २७ मंसिर । तेस्रो रोलबल विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाल टोली सोमबार भारतको पुणे प्रस्थान गर्ने भएको छ । डिसेम्बर १५ देखि २० तारिखसम्म हुने प्रतियोगितामा १२ खेलाडीसहित १४ सदस्यीय टोली सहभागी हुँदै छ ।

पुरुष खेलाडीमा सजिव महर्जन (कप्तान), मनोज वज्राचार्य (उपकप्तान), आशय विसी, सौगात श्रेष्ठ, अभिषेक मानन्धर र विशाल सापकोटा रहेका छन् । महिलामा सुमी श्रेष्ठ (कप्तान), आकृति अधिकारी (उपकप्तान), सोनु तुलाचन, सरु अमात्य, मनिषा थापा र आस्मा रायमाझी छन् ।

टिम व्यवस्थापकमा नेपाल रोलबल संघका अध्यक्ष वीरकृष्ण महर्जन र प्रशिक्षकमा अर्पण पुरी छन् । प्रतियोगितामा नेपालसहित विभिन्न ३५ राष्ट्रको सहभागिता रहने अध्यक्ष महर्जनले जनाएका छन् । केन्यामा भएको विश्व च्याम्पियनसिपको दोस्रो संस्करणमा नेपाली महिला टोलीले तेस्रो स्थान हात पारेको थियो ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य वीरेन्द्र श्रेष्ठले एक कार्यक्रमबीच आइतबार बिदाइ गरे ।

प्रतिक्रिया