साउदी अरेबियाको निर्वाचनमा महिला उम्मेदवार बिजयी

रियाद, २७ मङ्सिर । साउदी अरेबियामा शनिबार सम्पन्न भएको नगर परिषद्को निर्वाचनअन्तर्गत मक्काको नगरपरिषद्मा महिलाले विजय हात पारेकी छिन् । मुस्लिम समुदायका नागरिकहरुको सुप्रसिद्ध धामका रुपमा रहेको मक्का मदिना रहेको मद्रकाह नगर परिषद्मा महिला विजयी भएको समाचारमा जनाइएको छ ।साउदी अरेबिया राजतन्त्रात्मक मुलुक हो । यस देशमा महिलाका विषयमा निकै नै कडा प्रतिबन्धहरु लगाउने गरिएको छ । महिलालाई सवारी हाक्न पनि प्रतिबन्ध लगाइएको छ ।

साउदी अरेबियामा शनिबार नगर परिषद्को निर्वाचन सम्पन्न भएको थियो । यस निर्वाचनको प्रमुख आकर्षणका रुपमा इतिहासमा नै साउदी अरेबियामा पहिलो पटक महिलाले पनि मतदान गर्न पाएका हुन् । साउदी जस्तो मुस्लिम राष्ट्रमा महिलालाई सवारी चलाउन, मतदान गर्न तथा अरु पनि कैयौँ कार्यमा प्रतिबन्ध लगाउँदै आइएको थियो ।

यसअघि नै अरु अरब मुलुकहरुले भने मतदानका लागि महिलालाई अनुमति दिएका थिए । महिलालाई मतदानमा अनुमति दिने यो नै अन्तिम देश हो भनिएको छ । परिषद्को निर्वाचन यसअघि सन् २००५ मा भएको थियो । सो निर्वाचन महिलाका लागि खुला थिएन । उनीहरुले मतदान गर्न तथा उम्मेदवार बन्न पनि पाएका थिएनन् ।

नगर परिषद्को निर्वाचनमा कम्तीमा पनि ९०० जना महिला उम्मेदवार बनेका छन् । उनीहरुका विरुद्धमा करिब ६ हजार जना पुरुष उम्मेदवार रहेका बताइएको छ । स्थानीय विकास अधिकार रहेको सो परिषदको निर्वाचनमा २८४ जना उम्मेदवार उठेका छन् । यस परिषदले स्थानीय पूर्वाधारको विकासका साथै स्थानीय निकायको निर्माण गर्ने काम गर्छ ।सरकारी अधिकारीहरुका अनुसार यस पटकको यस निर्वाचनमा महिला मतदाताहरुको सङ्ख्या दशमा एकजना वा त्यो भन्दा पनि कम रहेको बताएका छन् ।

महिलाका अधिकारप्रति पुरुष उदार नहुनुका साथै महिलाहरु पनि यो पहिलो पटकको निर्वाचनका लागि उत्साहित नहुनाले पनि यस पटक निर्वाचनमा मतदाता महिलाको सङ्ख्या कम हुन पुगेको बताइएको छ । महिलाले पुरुष मतदाताहरुसँग पुगेर मतमाग्न पनि नपाउने नियम बनाइएको थियो । उम्मेदवार बनेर पनि मतमाग्न नपाइने नियमको विरोध भने भएको थियो ।

सरकारले पछि नियममा परिवर्तन गरेको थिएन । निर्वाचनका पुरुष कर्मचारीहरुका कारण असजिलो भएको पनि उनीहरुको भनाई छ। उम्मेदवारमध्येका अधिकांश महिला नगरपालिकाको प्रशासकीय कार्य सञ्चालनका लागि सक्षम रहेकोले उनीहरु पनि विजय हुने अनुमान गरिएको बताइएको छ । त्यो भन्दा पनि पहिलो पटक नै दिइएको यो महिलाको अधिकारलाई महिला अधिकारकर्मीका साथै सबैले राम्रो कामका रुपमा सराहना गरेका बताइएको छ ।

प्रतिक्रिया