गरिबी निवारणका लागि सहकारी

काठमाडौं, २६ मंसिर । विनाविभागीय मन्त्री शान्ता मानवीले देश समुन्नततर्फ लैजान तीन खम्बे अर्थनीतिलाई एकसाथ अवलम्बन गर्नुपर्ने बताएकी छन् । शनिबार सम्पन्न दिगो पर्यटन सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री मानवीले आर्थिक उन्नति र गरिबी निवारणका लागि सहकारी उपयुक्त माध्यम रहेको बताइन् ।

‘विषेश गरी सहकारी संस्थाहरू उत्पादनमा केन्द्रित हुनुपर्छ ।’ उनले भनिन् । छरिएर रहेको पुँजीलाई एकीकृत गर्ने उपयुक्त माध्यम सहकारी नै भएको उनको भनाइ छ ।

‘हाम्रो देश गरिबी होइन, हाम्रा चिन्तन गरिब हुन्’ मन्त्री मानवीले भनिन, ‘चिन्तनबाट मुक्त भई देशलाई समृद्ध बनाउन सहकारी संघ÷संस्था लाग्नुपर्छ ।’ कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन व्यवसायको विस्तार, विकास, संवद्र्धन र प्रवद्र्धनका लागि संस्था क्रियाशील रहेको बताए । ‘पर्यटन व्यवसाय आपैmँमा सहकारिताको अवधारणबाट अगाडि बढेको व्यवसाय हो’ अध्यक्ष रिजालले भने, ‘पर्यटन व्यवसायमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी संस्थाका सदस्यहरूको सामाजिक र आर्थिक, व्यावसायिक उन्नतिमा संस्था सधैँ लागिरहनेछ ।’

संस्थाले दिगो पर्यटनको आगामि ४ वर्षे कार्ययोजना बनाई सोही अनुरूप काम गरिरहेको पनि उनले बताए ।

साधारणसभाले सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन आर्थिक वर्ष ०७१÷७२ को आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । ०६७ पुस २४ बाट कारोबार सुरु गरेको यस संस्थाको सेयर पुँजी २ करोड २२ लाख ४५ हजार ८ सय रुपैयाँ रहेको छ ।

संस्थाले आर्थिक वर्ष ०७१÷७२ मा ८ करोड ४४ लाख २ हजार ८ सय रुपैयाँ बचत तथा निक्षेप संकलन गरेको थियो । संस्थाले १२ लाख १८ हजार ६ सय ७१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको संस्थाका कोषाध्यक्ष वीरेन्द्रबहादुर अधिकारीले बताए ।

प्रतिक्रिया