‘क्लासिक’को इन्डक्ल्याप

classicकाठमाडौं, २६ मंसिर । चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेपछि चर्चामा आएको सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माणमा तयार भएको चलचित्र ‘क्लासिक’को छायांकन सकिएको छ ।

झन्डै १ महिना लामो छायांकनपछि राजधानीमा एक कार्यक्रमका बीच सकिएको निर्माण युनिटले जानकारी गराएको छ ।

नायक तथा निर्माता आर्यन सिग्देलले चलचित्रको छायांकन सकिएपछि पत्रकारहरूसँग कुरा गर्दै चलचित्र क्लासिक सबै दर्शकहरूको मनमुटुमा बस्न सफल हुने बताए । त्यस्तै नायिका नम्रता श्रेष्ठले पनि चलचित्र क्लासिक सबै दर्शकलाई मन पर्ने चलचित्र बनेको बताइन् ।

चलचित्रमा आर्यन र नम्रताका अलवा समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशील काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् । दिनेश राउतले निर्देशनमा बनेको चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डा. कृष्णहरि बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोसिस क्षेत्री, युवराज चौलागाई, मेलिना राईको स्वर समावेश छ । चलचित्रमा हिमाल केसीको द्वन्द्व, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्द्र पौडेलको सम्पादन, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहेको छ ।

यो चलचित्र आउँदो प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेको दिनबाट प्रदर्शन हुँदै छ । चलचित्रलाई गरेका छन् ।

प्रतिक्रिया