काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गत महिला सशक्तीकरण समितिले नेपाली चलचित्रको सुरुआतदेखि नै कलाकारितामार्फत योगदान पु¥याउँदै आएका ५ महिला कलाकारलाई शुक्रबार चलचित्र विकास बोर्डमा सम्मान गरेको छ ।
‘नेतृत्व विकास तथा महिला सशक्तीकरणका लागि चलचित्र क्षेत्रको भूमिका’ विषयक एक दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यशालामा नेपाली चलचित्रका प्रथम नायिका भुवन चन्द, कलाकार लक्ष्मी गिरी, बसुन्धरा भुसाल, सुभद्रा अधिकारी र चैत्यदेवी सिंहलाई सम्मान गरिएको हो ।
सम्मानपछि कार्यक्रममा बोल्दै सूचना, सञ्चार तथा प्रविधि मन्त्री शेरधन राईले राष्ट्रिय चलचित्र नीतिलाई समय सापेक्ष पुनरावलोकन गरी चलचित्र माध्यमलाई समाज संवाहकको सशक्त माध्यम बनाउनु पर्ने बताए । मन्त्री राईले चलचित्र क्षेत्रका विकृत पक्षलाई नियन्त्रण गर्दै सशक्त, स्वस्थ्य र सार्थक नीति बनाउनुपर्नेमा जोड समेत दिए । बोर्डका अध्यक्ष राजकुमार राईले कलाकारिता पेसालाई मर्यादित र व्यावसायिक बनाउन आफ्नो तर्पmबाट सक्दो प्रयास गरिरहेको बताए । (सौस)
प्रतिक्रिया