संविधान कार्यान्वयन तत्काल हुने

काभ्रे, २६ मंसिर । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको तत्काल कार्यान्वयन हुने बताएका छन् । उनले कुनै विलम्ब नगरी संविधान कार्यान्वयन गर्न अब कसैलाई कुर्न नसकिने बताए । समय र ज्वारभाटा स्वरूपको संविधान कार्यान्वनमा अब कसैलाई कुरेर समय गुजार्न नहुने ओलीको भनाइ थियो ।

एमालेको नवौँ काभ्रे जिल्ला अधिवेशन उद्घाटन गर्न शनिबार काभ्रे आइपुगेका ओलीले तराईका आन्दोलनरत दलहरूलाई बार्ता र सहमतिमा ल्याउन हदै सम्मको लचकता अपनाइएको समेत दाबी गरेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मधेसी मोर्चाले आफ्नो स्वार्थबाहेक उन्य कुनै कुरामा लचिलोपन नअपनाएकै कारण अब कुर्न नसकिने भनेका छन् । उनले भने, ‘अब पनि सहमति र सहकार्य नभए सबै प्रक्रियाहरू अगाडि बढाइनेछ ।’

देशले भोगिरहेको संकटका समस्याहरूमा आपूm जानकार रहेको बताउँदै तत्कालै नाकाहरूमा भएको अवरोध केही सहज हुने पनि बताएका छन् । उनले प्रमुख प्रतिपक्ष बनेको कांग्रेसले देशलाई अप्ठ्यारो परेको बेला आफूलाई छोडेको आरोप पनि लगाएका छन् । कांग्रेस महाधिवेशनको तयारीमा रहेको बेला अब आपूmहरूले काठमाडांैमा विजुलीबाट चल्ने यातायाको व्यवस्था गरिने र अबको १ बर्ष भित्रै लोडसेडिङ मुक्त देश बनाउने बताएका छन् ।

नेपालको सबै स्रोत र साधनप्रति आपूm पूर्ण जानकार रहेको भन्दै त्यसलाई अधिकतम प्रयोग गर्दै लैजाने ओलीले बताए । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार हुँदा जनताले दुःख सहेवापत दीर्घकालसम्म सुख र शान्ति पाउनेमा ढुक्क हुन आग्रहसमेत गरेका छन् ।

समानता र विभेदरहित समाज निर्माण गर्न आफ्नो पार्टी सक्रिय भएर लागिपरेको दावी गर्दै भूकम्प र नाकाबन्दीले थिलथिलो पारेको नेपाली जनताका लागि अब नयाँ संविधान कार्यान्वयन पछि राहत मिल्ने उनको भनाइ थियो । पुनर्निर्माणसम्बन्धी प्राधिकरणको व्यवस्था गर्न नसक्दा देश गम्भीर संकटमा फस्न लागेको टिप्पणी गर्दै यसको समाधानका लागि केही महिनादेखि नै सहजीकरण हुने कुरामा विश्वस्त रहन उनले सबैसँग अपिलसमेत गरेका छन् ।

कार्यक्रममा एमाले पूर्वजिल्ला अध्यक्ष गोकुल बाँस्कोटा, नागिरक तथा उड्यनमन्त्री अनन्त पोखे्र्रल, सांसद विदुर सापकोटा, रामहरि सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया