धनुषामा मोटरसाइकल ¥याली

jankpur picनकपुरधाम, २६ मंसिर । मधेस आन्दोलनलाई सहयोग गर्न गठित गैर राजनीतिक संगठन प्रगतिशिल मधेसी समाजले धनुषामा मोटरसाइकल ¥याली प्रदर्शन गरेको छ । जारी मधेस आन्दोलनको पक्षमा शनिबार शक्ति प्रदर्शन गरिएको हो ।

मधेस आन्दोलनको माग पूरा गर्न दबाव दिने उद्येश्यका साथ आन्दोलनको क्रममै धनुषा, महोत्तरी, सिरहा र सर्लाहीको गाउँहरूमा संगठन बनाएको समाजले मोटरसाईकल ¥याली सहित शक्ति प्रदर्शन गरेको थियो । जनकपुरको रामानन्दचोकबाट सुरु भएको मोटरसाईकल ¥यालीले जनकपुरको नगर परिक्रमा गर्दै क्षिरेश्वरनाथ नगरापालिका, मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र धनुषाधाम नगरपालिका लगायतको स्थानमा प्रदर्शन गरेका छन् । ¥याली जनकपुरमा पुनः फर्केर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै समाजका केन्द्रिय संयोजक डा. सुरेन्द्र यादवले सरकारले यथासिघ्र माग पूरा नगरे आन्दोलनलाई थप शसक्त बनाउने चेतावनी दिएका छन् । मधेस आन्दोलनको नेतृत्व गरिरहेका मोर्चाहरूले मधेस र मधेसी जनताको हित विपरीत सरकारसँग गलत सम्झौता गरे संगठन चुप लागेर नबस्ने भन्दै डा.संयोजक यादवले खबरदारीसमेत गरेका थिए । उनले मधेस आन्दोलन चर्काउन र आन्दोलनलाई थप व्यवस्थित गर्न तराई मधेसको अन्य जिल्लाको गाउँगाउँमा संगठन विस्तर गर्ने समेत बताए । ¥यालीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाका नेताहरूको पनि सहभागिता थियो ।

प्रतिक्रिया