‘दूरदृष्टि भएको नेता अभाव छ’

सुनसरी, २६ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशसरण महतले अहिले बिपी कोइरालाजस्ता दूरदृष्टि भएका नेताको आवश्यकता भएको बताएका छन् । सुनसरीको इटहरीस्थित २ नं क्षेत्रीय पार्टी कार्यालयमा शनिबार स्थानीय नेता समक्ष डा. महतले अहिले जसरी नेपाली जनताले दुःख र सास्ती भोगिरहेका छन् त्यसको सहज समाधान दिनका लागि नेता असफल भएको तथा सरकारले समेत केही विकल्पको खोजी गर्न नसकेको अवस्थामा नेपाली काँग्रेसले गतिलो विकल्प दिनुपर्नेमा त्यो पनि असम्भव जस्तै भएको बताए ।

मधेसी मोर्चाले गरेको आन्दोलन स्पष्ट माग र मार्गचित्रविहीन अवस्थामा रहेको बताउँदै डा. महतले सीमांकन र जनसंख्याका आाधारमा निर्वाचन क्षेत्र हुनुपर्छ भनेर कांग्रेसले संविधान संशोधनका लागि प्रस्ताव राखी नै सकेको जानकारी दिए । डा. महतले नेपाली जनताको ढाड भाँचिने गरी भारत सरकारले नाकाबन्दी गरेको र त्यसलाई आपूmहरूको आन्दोलन भन्ने मधेसी मोर्चाको हास्यस्पद तर्कले नेपाली जनताले मुक्ति पाउन नसक्ने बताए ।

सरकारले लाचारी पन देखायो
सुनसरीकै इटहरीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा–माओवादीका नेता सिपी गजुरेलले वर्तामान सरकारले लाचारीपन प्रस्तुत गरिरहेको आरोप लगाएका छन् । इटहरीस्थित पार्टीको क्षेत्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अहिलेको सरकार ज्यादै लाचार र जनताप्रति जवाफदेही नभएको आरोप लगाए । पार्टी प्रशिक्षणका लागि सुनसरी आएका नेता गजुरेलले भारतले नेपाली जनतामाथि संयुक्त राष्ट्र संघको बडापत्र तथा एउटा असल छिमेकीले गर्नै नसक्ने बेइमानीपूर्ण नाकाबन्दी गरेर शत्रु मुलुकको जस्तो व्यवहार गरेको पनि टिप्पणी गरेका छन् ।

प्रतिक्रिया