अभिष्ट कालजयी गीतको

shila11धनकुटाको दुर्गम गाविस चुनबाङको सल्लापाखामा गीत गाउँदा सँइदुवा खोलापारीका ताङसिनका मान्छेले लौ पारी आज शिलाले गोठालो गर्दै रहेछ है जोडले गीत गाउँदै छ भन्ने परिचय बनाएकी शिला राईले भर्खरै आफ्नो गीती एल्बम ‘प्रेम’ बजारमा ल्याएकी छन् । ‘प्रेम’ शिलाको पहिलो एल्बम भने होइन । उनले ०६९ सालमा ‘कस्तो मन’ समेत बजारमा ल्याइसकेकी छन् । ०६० सालमा एसएलसी दिएर संगीतको सुरतालमा डुब्न सुनसरीमा झरेकी शिला त्यहाँकै इटहरी संगीत सरगम विद्या मन्दिरमा संगीतको विद्यार्थी बनिन् । गाउँमा कुनै औपचारिक स्टेज कार्यक्रममा गीत गाउने अवसर नपाएकी उनले इटहरीको बसाइँपछि भने गाउन थालिन् । सुरुमा लुकी लुकी नाच्ने, गाउँघरमा मेलापात , घाँस दाउरामा जाँदा रनवन थर्काउने उनै थिइन त्यो बेला आफ्नो गाउँमा ।

आधुनिक तथा सदावहार गीतको नियमित श्रोता शिलालाई शास्त्रीय संगीतको सिकाइले झनै त्यतैतिर तान्यो रे ! ०६५÷६६ सालतिर काठमाडौंमा संगीतको तिर्खाले झरेकी उनले ०६९ मा ‘संघारमा नटेक परदेशी भित्र डाक्न सक्तिनँ म, झरेमा मायाको पूmल मनमा राख्न सक्तिन म’ बोलको गीत बजारमा निकै चर्चा कमाउन सफल रहेको बताइन् ।

यो क्षेत्रमा लाग्न खासै पारिवारिक वातावरण नपाएकी उनलाई आफ्नो सहोदर दाजुले चाहिँ संगीतमा लाग्न खुबै प्रेरित गरेको सम्झिन्छीन् । आफ्नो दोस्रो एल्बम ‘प्रेम’को विमोचनमा उनले भनिन्, ‘एक जमनामा मेरो दाइ किसोर राई हुनुहुन्थ्यो सधैँ मलाई गीत गाउन प्रेरित गर्ने, आज उहाँ यो संसारमा हुनुहुन्न । सायद शरीर मरेर गए पनि आत्म मर्दैन भन्छन्, यदी उहाँको आत्मा यतै कतै उभिएर मलाई हेरिरहनुभएको छ भने म उहाँ सँग लाख लाख आर्शिवाद माग्छु ।’ यो शब्द गायिका शिला राईको मुखबाट आइरहँदा दर्शक दिर्घामा रहेका श्रोताहरूको आँखामा टलपलाइरहेको आँशु देखिन्थ्यो । सबैको भावुक मनमा बसेकी शिलाको भनाइ जस्तै सबैको मन पगाल्न सक्यो त्थयो भावनाले । तत्कालिन समयमा नेपाल प्रहरीमा कार्यरत उनका दाइ द्वन्द्वकालमा दिवंगत भएका थिए ।

स्वरमा माधुर्यता भएकी शिलाले ‘कस्तो मन’ बजारमा ल्याएको ताका एल्बमको विमोचन भने नभएको उनले बताइन् । ‘त्यतिबेला यस्तो चलन नै थिएन’, शिलाले भनिन् ।

shila (1)उता नेपाली संगीतमा एकपटक एल्बम निकालेपछि पलायन हुनेको संख्या पनि कम छैन ।

संगीतको खडेरीमा शिलाले फेरि दोस्रो एल्बमको तयारी गरिन् र भर्खरै बजारमा ल्याइन् । ‘मुटुभरी माया साँचेर तीरबनी आयौ, ओठभरी टाँसी राखे हाँसो लुटीगयौ’ बोलको गीतसँगै बजारमा आएकी शिलामा संगीतप्रति आशा छ । शास्त्रीय संगीतकी विद्यार्थी उनले संगीतलाई जीवनको अभिन्न अंगको रुपमा स्वीकार गरेकी छन् । ‘जहाँ आत्मा हुन्छ त्यहाँ संगीतका धुनहरू हुन्छन्, जो निर्जिव छ उसले बुभ्mदैन संगीत’, उनले भनिन् ।

नेपाली संगीतमा ‘छिनमा आउने छिनमै बिलाउने’ गायक गायिकाको भीडभन्दा पृथक छिन् शिला । शिलाले आफ्नो गीतमा प्रेम, विरह, तथा वास्तविक जीवनका भोगाइलाई समेटेकी छन् । उनको गायकीपन नयाँ कलाकारको जस्तो पटकै छैन । उनले गाउने हरेक गीतहरूले आत्मिक कम्पन्न ल्याउने उनका प्रशंसकहरू बताउँछन् ।

पाँचवटा गीतको संगालो रहेको एल्बम ‘प्रेम’ मा संगीतकार शम्भु राई, महेश खड्का, सुरेश राई र डाक्टर किरातको संगीत रहेको छ । शम्भु राई, डा. कृष्णहरि बराल, दिलीप श्रेष्ठ, टीका चाम्लिङ र भूपाल राईले गीतको शब्दहरू लेखेका छन् । आमा शिवकुमारी राई र बाबा चन्द्र राईको कान्छी छोरीको शिलाले ०६९ सालमा पहिलो आधुनिक एल्बम ‘कस्तो मन’ निकाले पनि प्राविधिक कारणले धेरै ढीला मात्रै दोस्रो एल्बम निकालिन् ।

सदावहार गीतका लागि कोशेढुंगा बन्ने अठोटका साथ आफू यो क्षेत्रमा लागेको शिला बताउँछिन् । अहिलेको ट्रेनभन्दा आफ्ना गीतहरु पृथक रहेको शिलाको बुझाइ छ । ‘प्रेम’का सम्पूर्ण गीतहरू कालजयी, मार्मिक र भावपूर्ण रहेको उनले बताएकी छन् । ‘क्षणभरमै बिलाइ जाने शीतको थोपा होइन, युगौँयुग बलिरहने अमर दीप हुनुपर्छ’ भन्ने आफूलाई लागेको उनले बताइन् । ‘म नेपाली सुगम संगीतमा कालजयी गीतहरू गाउन चाहान्छु परन्तु सबैले त्यो स्मरण गरिरहुन् ।

यसो भन्दै गर्दा उनले नेपाली संगीतमा छिर्न आत्मसन्तुष्टिको लागि हो भन्न पनि छुटाइनन् । गीतहरूको भिडियोसमेत चाँडै बजारमा ल्याउने तयारीमा रहेको बताएकी छन् । एल्बमको शीर्ष गीत ‘मुटु भरि माया साचेँ’ को निर्देशक सुमन अधिकारीको निर्देशनमा छायांकन भइसकेको उनले जानकारी दिएकी छन् ।

प्रतिक्रिया