काभ्रे, २५ मंसिर । नेपाल प्रतिलिपि अधिकार रजिस्टारले प्रतिलिपिसम्बन्धी हक र अधिकारबारे एक दिने अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरेको छ ।
धुलिखेलको धुलिखेल लज रिसोर्टमा भएको सो कार्यक्रमको सभापतित्व वरिष्ठ संगीतकार सुरेश अधिकारीले गरेका थिए । कसैले वास्तविक अधिकार सम्बन्धित व्यक्ति वा स्रष्टाको स्वीकृतविना र स्वीकृत लिएको भएता पनि सम्झौता वा अनुमतिपत्रमा उल्लेख भएको शर्तको उलंघन गरी हक नपुग्ने रचना र बिक्री वितरण र सार्वजनिक गरेको पाइएमा अधिकार ऐन २०५९ मा सजायको उचित व्यवस्था गरिए पनि सरकारले नीति बनाएर मात्रै छाडेको बताए ।
यस्तै संगीतकार अधिकारीले सिंगो कला क्षेत्र नै प्रताडित बनेको भन्दै कार्यक्रम संयोजकसमेत रहेका सुरेश अधिकारीले सरकारको ध्यान केन्द्रित भए रोयल्टीमा पनि धेरै रकम उठाउन सक्ने र व्यवस्थापन गर्न सकिने बताएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी प्रमुख राजेशनाथ बास्तोला, स्थानीय कलाकार र संगीत पे्रमीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कपीपेस्ट भएको र रोयल्टीका विषयमा सरकारले नीति हुँदाहुँदै पनि कार्यान्वयन नभएको र आगामी दिनमा यस्तो समस्याहरूलाई सरकारलाई गम्भीर रूपमा ध्यानाकर्षण गर्ने अपिल गरिएको छ । कार्यक्रममा वरिष्ट गीतकार महेश खड्का, लेखक राजेश थापालगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया