‘क्लासिक’को सबै गीत सार्वजनिक

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘क्लासिक’को सम्पूर्ण गीतको अडियो सार्वजनिक गरिएको छ । माघ २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने यस चलचित्रका गीतलाई युट्युबमा जुकबक्स मार्फत सार्वजनिक गरिएको हो । चलचित्रका सबै गीतमा ताराप्रकाश लिम्बुले संगीत दिएका छन् ।

यस ब्यानरको अघिल्लो चलचित्र ‘नोभेम्वर रेन’मा पनि लिम्बुले संगीत भरेका थिए । ‘सुनौला’बोलको गीतमा मेलिना राई र कोशिस क्षेत्रीको आवाज, दिनेश राउतको शब्द छ । यस्तै, ‘हारें हारें’ बोलको गीतमा युवराज चौलागाईको स्वर, दिनेश राउतकै शब्द छ । ‘यो के हो’ बोलको गीतमा कोशिस क्षेत्रीको स्वर, दयाराम पाण्डेको शब्द छ । ‘प्रकृतिको सुन्दर’ बोलको गीतमा मेलिना राईको आवाज र डाक्टर कृष्णहरि बरालको शब्द छ । यस्तै, सार्वजनिक जुक बक्समा ‘सुनौला’ बोलको गीतको अनप्लक्ड पनि समावेश छ ।

सांगीतिक प्रेम कथामा निर्माण भएको ‘क्लासिक’लाई दिनेश राउतले निर्देशन गरेका छन् भने सुवास गिरीले निर्माण गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठले दृष्टिबिहिनको भूमिका निभाएका छन् ।

प्रतिक्रिया