सुरु भयो किम्फ

काठमाडौं । बिहिबारबाट किम्फ फेस्टिबल सुरु भएको छ । सोमबार सम्म चल्ने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)को उद्घाटन वैशाख १२ र २९ गतेको भूईंचालोबाट ज्यान जोगाएकाहरू माथि बनेको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ बाट सुरु भएको थियो ।

राजधानीको कुमारी हलमा चल्ने महोत्सवमा २५ देशका ८० भन्दा बढी फिल्महरू प्रदर्शन हुनेछन् । किम्फमा यस वर्ष भूकम्पलाई लक्षित गरेर अधिकतम ५ मिनेट सम्मका डकुमेन्ट्रीहरूको प्रतिष्पर्धा ‘सेस्मिक सिफ्ट’पनि राखिएको छ । जसमा उत्कृष्ट दश फिल्महरू किम्फमा प्रदर्शन हुनेछन् भने यसमध्येबाट पनि उत्कृष्ट ३ ले क्रमशः ८०, ६० र ४० हजार रूप ैयाँ जित्नेछन् । किम्फको यो १३ औं संस्करणमा पनि नेपाली फिल्महरूका लागि छुट्टै प्रतिस्पर्धा ‘नेपाल पानारोमा’लाई पनि निरन्तरता दिइएको छ । यसमा उत्कृष्ट हुने डकुमेन्ट्रीले ५० हजार फिक्सन फिल्मले ५० हजार रूप ैयाँ जित्नेछन् । त्यस्तै, समग्र महोत्सवमै उत्कृष्ट हुने ३ फिल्मले क्रमशः १५ सय, १ हजार र ५ सय अमेरिकी डलर जित्नेछन् ।

महोत्सवमा फोटो प्रदर्शन पनि हुनेछ । नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ, कुन्द दीक्षित लगायतले नेपालका विभिन्न भूभागमा जाँदा खिचेका फोटोहरू दर्शकलाई देखाउँदै ठाउँ चिन्नु पर्ने ‘नो योर हिमाल’ नामक ‘क्विज’ सत्रपनि राखिएको छ । यसका अलावा भारतीय फोटोग्राफर अभिजित सिंहका फोटोपनि प्रदर्शनीमा राखिनेछन् । (सौस)

प्रतिक्रिया