एपिएफको लगातार सातौ जित

volleyballकाठमाडौं, २३ मंसिर । नयाँबसपार्क काठमाडौंमा जारी ११ औँ संस्करणको ढोरपाटन डलब लिग महिला भलिबल प्रतियोगितामा एपीएफले लगातार सातौ जित हात पारेको छ ।

नयाँबसपार्कस्थित कोर्टमा बुधबार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले चण्डेश्वरी युवा क्लब रामेछापलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा अपराजित यात्रालाई कायमै राखेको हो । एपिएफले पहिलो सेट २५–४ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिको दुई सेट एपीएफले २५–५ र २५–१२ को सोझो सेटमा हरायो । अपराजित एपीएफले ७ खेलबाट २१ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

यता लगातार पाँचौ जित निकाल्ने क्रममा न्यू डायमण्ड एकेडेमीले जानकी उच्च माविलाई ३–० को सोझो सेटमै पराजित ग¥यो । न्यू डायमण्ड पनि प्रतियोगितामा अपराजित अर्को टोली हो । जानकी उच्च मा विलाई २५–५, २५–२ र २५–७ को सोझो सेटमा हरायो । ५ खेलबाट डायमन्डको १५ अंक छ ।

यस्तै अन्य खेलमा धादिङ कलाकार संघले एन्जल हर्ट स्कुललाई तथा विजेश्वरी ज्ञान मन्दिरले विन्ध्यावासिनीलाई पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट एन्जल हर्टले २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट २३–२५ ले गुमायो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट फेरि एन्जल हर्टले २७–२५ ले आफ्नो पक्षमा पा¥यो । तर, अन्तिम दुई सेट गुमाएपछि एन्जल हर्ट पराजित भयो ।

यस्तै बुधबारकै प्रतिस्पर्धात्मक बनेको अर्काे खेलमा विजेश्वरी ज्ञान मन्दिरले विन्दाबासिनी स्कुुललाई ३–२ कै कठीन सेटमा पराजित ग¥यो । विजेश्वरीले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि लगातार दुई सेट २३–२५, १४–२५ ले गुमाएको विजेश्वरीले अन्तिम २ सेटमा खेलमा फर्कदै जित निकाल्यो ।

पश्चिमाञ्चल भलिबल संघ र नेपाल प्रहरीबीचको खेल भने प्राविधक काराणले रोकियो । दुवै टोलीले दुई–दुई सेट जितेका थिए ।

प्रतिक्रिया