खेलकुदको अर्को राजधानी: इलाम

Ilamनेपालको सुदूरपूर्वी जिल्ला इलामको सदरुमकाम इलाम शहर मेची अञ्चलको पनि सदरमुकाम हो । प्राकृतिक दृष्टिकोणले रमणीय इलाम चियान बगानको लागि परिचित छ । महाभारतीय श्रंखलामा रहेको पहाडी जिल्ला इलामा दुग्ध उत्पादन र कृषि उत्पादनका लागि पनि उपयुक्त मानिन्छ । यहाँको जंगलमा केही दुर्लभ पक्षि पाइन्छ । साथै रेड पान्डा पनि यही पाइन्छ । लिम्बु भाषामा इलामको अर्थ बांगिएको सडक हो ।

एकीकरणको कालभन्दा अघि इलाम स्वभाषित लिम्बुवान राज्यको रुपमा रहेको थियो । बि.स. १८७३ सम्म इलाम स्वायत्त लिम्बुवान राज्य थियो । पछि सिकीम र इलामको लडाइ तथा गोर्खा र इलामको एकीकरण स्वायत्त लिम्बुवान राज्यको अस्तित्व मेटिएको हो । हाल नेपालकै सर्वाधीक विकसित जिल्लाको रुपमा परिचित इलामका माइ भ्याली र माने भञ्ज्याङ चर्चित स्थना हुन् ।

हालसम्मको डाटाले भन्छ– नेपाली खेलकुद काठमाडौंको सेरोफेरोमा घुमिरहेको छ । खेलकुदको मेनुमा राजधानीबाहिरका जिल्लाहरू किन अटाएनन् ? अवस्था यस्तो छ, राम्रा खेलकुद प्रशिक्षण स्थल र खेल गतिबिधि राजधानी नै सञ्चालन हुन्छ । एउटा सर्वविदित तथ्य के भने, सुविधा र अवसरमा धेरै फरक छ–काठमाडौं र मोफसलमा । तथापि मोफसलको गुण काठमाडौंले तिर्न सक्दैन । स्टारडम र परिपक्वतापछि मात्रै काठमाडौं अर्थात् केन्द्रको सुविधा, प्रशिक्षण र अवसर प्राप्त हुन्छ, आम नेपालीलाई । यसकारण काठमाडौं बाहिरका कुनै पनि नेपालीले प्राप्त गरेको उपलब्धि र सफलताका आधार आम खेलकामी र सञ्चारकर्र्मीका लागि जान्नैपर्ने विषय हुन् । यसरी अध्ययन गर्ने क्रममा पछिल्लो समय खेलकुदमा आफूलाई विकास र विस्तार गर्दै आएको इलमबारेको यो रिपोर्ट ः

बि.स. ०१२ मा राणाहरुले फुटबल खेल्न थाले । फुटबललाई राणाहरुले व्यवस्थित र फैलाउने क्रममा यो खेल इलामसम्म विस्तार भयो । ०१७ अघि नै यो खेल इलाममा विस्तार भएको थियो । नेपालको राजनीतिक र सामाजिक परिवर्तनबाट इलाम पनि अछुतो रहेन । ०१६ पछि यो खेल बिस्तारै छायामा पर्न थाल्यो । सुरुवातमै नेपाली खेलकुदको मूलधारमा आउन लागेको इलामेली फुटबल फेरि छायामा प¥यो । देशको राजनीति केन्द्रिकृत भयो । देशको विकास काठमाडौं केन्द्रित भयो । इलामको संस्कृति भारतको सिक्किम र पश्चिम बंगाल राज्यमुखी भयो । यस कारण इलामेली फुटबल मूलधारमा आउन ४० को दशक पर्खनुप¥यो ।

०४२ सालमा इलामको फबुटल चरमउत्कर्षमा थियो । गणेश पाण्डे, धिरेन्द्र प्रधान र दर्शन भक्तराज सम्मिलित इलामको फुटबल चरम उत्कर्षमा थियो । यो इलामको फुटबल र यो त्यो स्तर लामो समय स्थिर रहन सकेन । एन्फाको नीति केन्द्रीकृत रह्यो । राष्ट्रिय खेलकुद् परिषद्को नीति पनि केन्द्रीकृत रह्यो । इलामको त्यो स्तर कायम रहेन ।

५० को दशकको अन्त्यमा इलामेली फबुटबलले फेरि अर्को स्टार पायो । एन्फा एकडेमीको पहिलो ब्याजका लोकबन्धु स्टारको रुपमा उदाए । अनुशषान र फुटबलिङ क्लासका नमुना लोकबन्धु पछि मनिस बस्नेत, राजु थापा, महेश खडका, रक्षक विवेक बस्नेत, बिसा बस्नेत, छिरिङ गुरुङ इलामेली फबुटबलमा पछिल्लो समय उदाउन सफल भए । उमेर समूहमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नसमेत यिनीहरु सफल भए । इलमेली फुबटबल पछिल्लो समय उदाउँदो क्रममा भए पनि चर्चामा पछि रहेको छ । मुलधारमा रहेको नेपाली खेलकुदको दृष्टिकोणबाट पनि यत्तिकै टाढा छ ।

ilam_2महिला फुटबलको इतिहास राम्रो
अञ्जली सुब्ब, रञ्जना दर्जी र कल्पना राई इलामबाट उदाएका राष्ट्रिय महिला फुटबलर हुन् । अलिक खुल्ला संस्कृतिका कारण पशुपतीनगर, फीक्ललगायत क्षेत्रबाट महिला फुटबलको उदय सुरुवातमा नै हुन गएको हो । अहिले यो क्रम बढ्दै मंगलबारेसम्म पुगेको छ ।

सामाजिक संघ–संस्थाको सहयोग
इलामेली फुबलमा राज्यको चासो नभए पनि स्थानीय व्यक्ति फुटबलको नाममा एकजुट हुन सकेका कारण नै इलामको फबुटबल अग्रगतीमा भएको बताउँछन् । गाविस, जिविस र सबै क्षेत्रबाट यो खेललाई सहयोग रहेको स्थानीय बासी बताउँछन् ।

पछिल्लो समय एन्फाको पनि चासाको केन्द्रमा यो जिल्ला परेको छ । अखिल नेपाल फुटबल संघको गोल प्राजेक्ट योजना इलाममा रहेको कारण यहाँ भौतिक संरचनाले पनि ब्यापकता पाउने र केही समयमा नै फुटबलमा उन्नती हुँदै जाने इलाम जिल्ला फुटबल संघका अध्यक्ष निरोज खड्गी बताउँछन् ।

गोल प्रोजेक्टपछि यसै वर्षमा पनि इलामको फुटबल नयाँ संरचनासहित अघि बढ्ने तयारी रहेको दाबी स्थानीय फुटबल अधिकारीको छ । विवक, बिसाल र छिरिङलगायत युवा जमातको प्रभाव नेपाली फुटबलमा तुरुन्त देखिनेमा उनीहरु विश्वस्त छन् ।

महिला फुटबलको गौरव
इलाम जिल्लाको अगुवाहरु राणा कालमा इलाममा फुटबल भित्रिए पनि यसले नेपाली फुटबलको मूलधारलाई नछोएको बताउँछन् । पछिल्लो समय पुरुष फुटबल र महिला फुटबलमा इलाम जिल्ला एकै पटक चर्चामा आयो । रमा सिंहको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा इलामका जनु खड्का, संगीता रावत र शोभा राई, इन्द्र राई र जमुना पाण्डे समावेश थिए । ०४३ सालमा राष्ट्रिय महिला फुटबलमा पहिलो भएको मेचीको फुटबल टोलीमा १२ जना इलामेली थिए ।

हाल राष्ट्रिय महिला फुटबलको आयोजक इलामका खेलाडी सम्मिलित पूर्वाञ्चल टोलीले त्यत्ति राम्रो त गर्न सकेन । तर पनि एउटै खेलाडी संरचना प्रधान प्रभावकारी देखिएको बताइन्छ । इलाम पछिल्लो समय भएको पूर्वाञ्चलस्तरीय महिला फुटबलमा पहिलो भएको थियो । इलामको सबै निकायको सहयोग र राज्यको पनि सहयोग भए अझ सम्भावना रहेको जिल्ला फुटबल संघका अधिकारी बताउँछन् ।

ilam_3जिल्ला खेलकुदमा दर्ता भएको खेलहरु
फुटबल, भलिबल, एथलेटिक्स, कराते, तेक्वान्दो, जुडो, उसु, बुद्धीचाल, ब्याडमिन्टन, शारिरिक सुगठन, बास्केटबल, बक्सिङ, क्रिकेट, निहान सोतोकान कराते र जानापन गोजेरियो कराते संघ ।

अन्य खेलको प्रभाव
तेक्वान्दो पूर्वी साहयक जिल्ला प्रशिक्षक नन्दुअराइको गृह जिल्ला इलाममा भलिबलकी महिला राष्ट्रिय खेलाडी बिनिता बुढाथोकी र चेसका अन्तर्राष्ट्रिय आर्बिटर विदुर गौतमको पनि गृह जिल्ला हो ।

खेलकुद संघ–संस्था
इलाममा जिल्ला खेलकुद विकास समितीमा दर्ता भएर संघ सस्था चलने प्रचलन देखिएन । जिल्लामा केही तेक्वान्दो र केही कराते डोजो सक्रिय छन् । माइ भ्याली स्पोर्टिङ क्लब जमानाको नामी फुटबल क्लब हो । यो क्लब चर्चामा छैन । गजुरमुखी चेस क्लबले पछिल्लो राष्ट्रिय टिम च्याम्पियनसीपमा पहिलो बरियताको टोलीको रुपमा प्रतिस्पर्धा गरेको थियो ।
(दुई वर्षअघि राष्ट्रिय खलकुद परिषद्मा तयार पारिएको सोधपत्रमा आधारित ।)

प्रतिक्रिया