सफाई अभियानमा धुर्मुस सुन्तली

kavre - suntali dhurmusकाभ्रे, २३ मंसिर । गत बैशाखमा गएको भूकम्पपछि पिडितहरूको उद्दार र राहतको कार्यक्रम जति चलेपनि अहिले ठप्प जस्तै भएको छ । यसबेला करिब ३ महिनादेखि भारतले गरेको अघोषित नाकावन्दीको कारण देखाएर पुनः निर्माणको काम ठप्प भएको अवस्थामा नेपाली हाँस्य टेलिसिररियलका अभिनेता सिताराम कट्टेल(धुर्मुस) र उनका श्रीमती कुन्जना घिमिरे(सुन्तली) भने पुनः निर्माण सँगै भूकम्प पिडित क्षेत्रको सफाइ अभियानमा व्यस्त भएका छन् ।

तत्कालिन समयमा उद्वारका निम्ती पहिलो पङतीमा नेपाली सेना र सशस्त्र प्रहरी दास्रोमा स्वास्थ्य कर्मी तथा तेस्रोमा रहेको स्वंय सेवक संघसँस्थाले राहत तथा उद्वारकार्य गरेपनि हाल त्यता तर्फ कसैको ध्यान जान नसकेको अवस्थामा उनीहरूले भने यसलाई निरन्तरता दिएको बताएका छन् । ‘त्यसबेला राज्यको स्रोत र साधन केन्द्रित भएको हो हाल पुनःनिर्माण कार्य सुरु गर्ने समयमा भारतको नाकावन्दी र तराई आन्दोलन बाधक वनेको छ । यसबेला हामीले नगरे कस्ले गर्छ ।’ अभियानमा लागेका सिताराम कट्टेल(धुर्मुस)ले भने ‘ कलाकारहरूले हँसाउने, रुवाउने, मनोरन्जन मात्रै होईन मरणपर्यन्तका जिन्दगीहरूलाई जीवनपनि दिन सक्छौँ’ ।

आफ्नो १३ महिनाको काखको छारीलाई छोडेर विना लोभ र तिर्सनामा आफूहरूलाई महसुस भएको पिडामा मल्हम लगाउन तल्लीन भएको कुन्जना घिमिरे(सुन्तली)ले बताएकी छन् । भूकम्पपछिको पुनःनिर्माणको अभियानमा नमुना घर र बस्तीहरू बसाएका उनिहरूले अहिले सफाई’ अभियान नै सञ्चालन गरिरहेका छन् ।

उनीहरूले ल्याएको यो अभियानले देशले ल्याएको खुला दिशामुक्त अभियानलाई चुनौती समेत दिएको छ । सरकारी सदरमुकाममा नै सौचालयहरू नभएको अवस्थामा कलाकाद्धयले ल्याएको यो अभियान चुनौतिपूर्णपनि रहेको बताएका छन् । बजारवस्तीको सफाई अभियान सुरु गरेको यो अभियानलाई रामेछाप, सिन्धुपाल्चोक र काभ्रे लगायत आसपासका जिल्लाहरूमा सञ्चालन हुँदै आएको छ । उनिहरू भन्छन्, ‘ हामी यो अभियान २५ वटा जिल्ला नपुग्दै सिङगो देश उर्लने छ जसले यस अभियानलाई साथ दिनेछन् त्यसको लागि सरकारले सफाई बर्ष २०१६ घोषण नै गरेर साथ दिएको खण्डमा हरेक ठाँउहरूमा यो अभियानले पूर्णता पाउँनेछ ।’ सरकाले पुननिर्माणको कामस्ाँगै यो अभियानलाई निरन्तरता दिन सकेको खण्डमा विद्यालय, विद्यार्थी, समाजबाट सुरु हुँदै सिङगो देशभरी फैलँदैजान सक्ने निश्चीत रहेको उनीहरूले बताएका छन् ।

भित्री मनहरू सफा भएको खण्डमा मात्रै देशका हरेक क्षेत्रहरूले निकास र विकास पाउन सक्छ भन्दै कट्टेलले भने, ‘त्यो केवल एउटै उपाय सफाई अभियान मै छ । अभियान एक भए पनि यसको प्रभावीत क्षेत्र व्यापक रहेकोले यो अभियानलाई सबै क्षेत्रको साथको खाँचो छ ।’

‘समाज परिवर्तन गर्नु छ सुरुवात आफैंबाट गर्नुपर्छ’भन्ने विचारलाई अंगाल्दै जाने हो भने यो अभियान साँच्चै नेपालकोलागि छुट्टै कोसेढुंगा नै सावित हुने कट्टेल दम्पतीले बताए ।

प्रतिक्रिया