अखिलले सुरु ग¥यो लिफ्ट अभियान

LIFT-ANNFSUकाठमाडौं, १६ मंसिर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्धन संकटका बेला सर्वसाधारणलाई सहयोग गर्न लिफ्ट अभियान सुरु गरेको छ । मोटरसाइकलको अगाडि ‘म तपाईंलाई लिफ्ट दिन्छु’ भन्ने स्टिकर टाँसेर विद्यार्थीहरूले जनहितका लागि काम गरेको अनेरास्ववियुका उपाध्याक्ष ऐन महरले जानकारी दिएका छन् ।

उनी आपैmँ अखिलको कार्यवाहक अध्यक्ष भएकाबेला दुई दिनअघि लिफ्ट लिने र दिने अभियानको सुरुआत गरेको उनले बताए । अखिलको लिफ्ट दिने अभियानका क्रममा काठमाडौं उपत्यकामा मात्र दैनिक ३ हजारसम्म सर्वसाधारणले मोटरसाइकल र गाडीमा लिफ्ट पाएको दावी उपाध्यक्ष महरले बताए । उनले भने, ‘हाम्रा करीब ५ सय कार्यकर्ता उपत्यकामा लिफ्ट दिने अभियानमा छन् । बाटो परेको ठाउँमा प्राथमिकता हेरेर हामीले लिफ्ट दिएका छौँ, ।’ महरले देशैभरि ५ हजार कार्यकर्ताले दैनिक लिफ्ट प्रदान गरिरहेका बताए । उनले अनेरास्ववियुका नेता कार्यकर्ताले मात्र लिफ्ट दिएर काठमाडौंका यात्रुको कष्ट समाधान नहुने भएकाले अब सरकारलाई ध्यानाकर्षण गराउने तयारीमा रहेको उनले जानकारी दिएका छन् । महरले भने, ‘हामी सरकारका मन्त्रीहरूलाई र उच्च अधिकारीहरूलाई भेटेर सरकारी गाडीमा पनि लिफ्ट दिन आग्रह गर्दैछौँ । सूचना सञ्चार तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले यो अभियानको उद्घाटन गरेका छन् ।

नेपालीहरू मुलुकलाई संकट परेका बेला एकले अर्काको संकटमा साथ दिन तयार छन् भन्ने भावनात्मक एकताको सन्देश दिन पनि लिफ्ट दिने अभियानलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए । सबैले लिफ्ट दिने अभियान चलाउने हो भने जनताको संकट कम हुने र असुरक्षित छतको यात्रा पनि कम हुने अखिलको ठहर छ । पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकाबेला अखिलले इन्धन अभावबाट दुःख पाएका जनता सरकारसँग आक्रोशित नहुन् भनेर पनि लिफ्ट अभियानलाई अघि बढाएको हो ।

अखिलका कार्यकर्तालाई आफ्नो मोटरसाइकलमा म लिफ्ट दिन्छु भन्ने स्टिकर अनिवार्य टाँस्न निर्देशन दिइएको छ । लिफ्ट दिने मात्र होइन लिने अभियान पनि सँगै चलाइएको उनले बताए ।

प्रतिक्रिया