अब विद्युतीय हस्ताक्षर

ljB'tLo x:tfIf/ z'ef/De /fi6«klt ljBfb]jL e08f/Ln] a'waf/ /fi6«klt sfof{no zLtn lgjf;df cfof]lht ;df/f]xdf g]kfndf klxnf]k6s ljB'tLo x:tfIf/ z'ef/Dekl5 ljB'tLo x:tfIf/;DaGwL …6f]sgÚ ;fj{hlgs ug'{x'Fb} ;fydf k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, १६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नेपालमा पहिलोपटक विद्युतीय हस्ताक्षर शुभारम्भ गरेकि छन् । विद्युतीय कारोबारलाई सुरक्षित तथा भरपर्दाे बनाउने हेतुले प्रमाणीकरण नियन्त्रकको कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ र सोसम्बन्धी नियमावली, २०६४ अन्तर्गत सो कार्यको सुरुआत गरेको हो ।

विद्युतीय हस्ताक्षर शुभारम्भ गर्दैै राष्ट्रपति भण्डारीले सूचना प्रविधिको यथोचित प्रयोग गर्दै सार्वजनिक सेवालाई सुरक्षित, भरपर्दाे, वैध र सहज बनाई आमजनतामाझ पहँुचयोग्य बनाउँदै लैजानु आजको आवश्यकता रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले सार्वजनिक सेवा प्रवाहका क्रममा कारोबारको विश्वसनियता कायम गर्दै गलत र किर्ते कागजात एवं नक्कली दस्तखत प्रयोग गरी कामकाज गर्ने तथा सेवा लिनेदिने प्रवृतिको अन्त्य गरी विद्युतीय सुशासनको सञ्चालन गर्ने सरकारको प्रयासमा यो कार्य सहयोगी सावित हुने विश्वास व्यक्त गरिन् ।

उनले विद्युतीय हस्ताक्षरको प्रयोगबाट व्यवसायको आधुनिकीकरण हुने मात्र नभई नागरिक सरोकारका दैनिक कामकाज एवं सेवा प्रवाह छिटो छरितो र भरपर्दाे भई नागरिक सन्तुष्ट हुने र सरकार, व्यवसायी तथा जनताबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा यो कार्य नयाँ सुरुआत भएको बताउँदै राजनीतिक आन्दोलनपछिको आर्थिक विकासका लागि विज्ञान र प्रविधिले थप योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

विद्युतीय हस्ताक्षर कार्यको शुभारम्भसँगै देखापर्ने चुनौतीलाई सामना गर्दै अघि बढ्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले समग्र सामाजिक क्रियाकलापलाई विद्युतीय सुशासनतर्फ डो¥याउने संकल्पका रूपमा यो कार्य अघि बढेकोमा खुसी व्यक्त गरे । उनले विद्युतीय हस्ताक्षरको कार्यलाई सफल बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग र साथ रहने विश्वास दिलाए ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले विद्युतीय कारोबारलाई सुरक्षित तथा भरपर्दाे बनाउन विद्युतीय हस्ताक्षर कार्य एक माध्यम रहेको बताउँदै यसले अभिलेखलाई अनधिकृतबाट दुरुपयोग हुने कार्यलाई नियन्त्रण गर्ने बताए । यो कार्य सुरु भएपछि सरकारले सुरु गरिसकेको तथा भविष्यमा गर्ने विद्युतीय सुशासनअन्तर्गत जनताले घरमै बसेर सार्वजनिक सेवा लिन सक्ने र व्यवसायीले यसको प्रयोगबाट प्रभावकारी सेवा दिन सक्ने विश्वास व्यक्त गरे ।

समारोहमा सञ्चार सचिव सुनीलबहादुर मल्ल, अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल, बंगलादेश र भूटानका लागि देशीय प्रबन्धक वेन्डी जो वेर्नर तथा प्रमाणीकरण नियन्त्रकको कार्यालयका नियन्त्रक वीरेन्द्रकुमार मिश्रले विद्युतीय हस्ताक्षरको कार्यले सार्वजनिक सेवा प्रवाहमा हुने लाभका बारेमा चर्चा गरेका थिए ।

विद्युतीय हस्ताक्षर जारी गर्न प्रमाणीकरण नियन्त्रककोे कार्यालयले रेडियन्ट इन्फोटेक नेपाल कम्पनीलाई इजाजत प्रदान गरेको छ । सो कम्पनीबाट विद्युतीय हस्ताक्षर÷प्रमाणपत्र जारी हुने बताइएको छ । विद्युतीय हस्ताक्षर प्रयोगमा आएपछि अनलाइन एप्लिकेसन, ई–बंैकिङ, ई–पेमेन्टसम्बन्धी कार्य सुरक्षित, भरपर्दाे तथा कानुनी रूपमा वैध हुनुका साथै सुशासन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

समारोहमा विद्युतीय हस्ताक्षर कार्यको शुभारम्भपछि पहिलो विद्युतीय हस्ताक्षरसम्बन्धी ‘टोकन’ राष्ट्रपति भण्डारीलाई प्रदान गरिएको थियो । त्यसपछि सोही प्रकारको टोकन प्रधानमन्त्री ओली र सञ्चारमन्त्री राईलाई पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया