प्राविधिक कारणले दुर्घटना

जाकार्ता, १५ मंसिर । इन्डोनेसियाली छानबिन टोलीले गएको २८ डिसेम्बरमा इन्डोनेसियाबाट सिंगापुरका लागि उडेको एअर बस ए–३२० विमान दुर्घटना राडर प्रणालीमा समस्या भएको कारण भएको यहाँको राष्ट्रिय यातायात तथा सुरक्षा समितिले जनाएको छ ।

समितिले विमान दुर्घटनाबारे छानबिन गर्न बनएको समितिका सदस्यहरूले राडर प्रणालीमा समस्या आएपछि विमान चालकद्वारा दिएको सूचनाका बारेमा प्रणालीबाट जवाफ नआएपछि केही क्षणपछि इन्डोनेसियाको जाभा इलाकामा दुर्घटनाग्रस्त भएको बताए । विमानको फइलट ८५०१ को ‘डाटा रेकर्डर’को समीक्षापश्चात् छानबिन टोलीले विमानको राडर प्रणालीमा समस्या भएपछि सूचना आदानप्रदानमा कठिनाई भएको र पछि विमान दुर्घटना हुन पुगेको बताएको हो । विमान मर्मत रेकर्डबाट यसको राडर प्रणालीमा एक वर्षको अवधिमा २३ पटकसम्म समस्या आएको थाहा हुन आएको बताइएको छ । विमान दुर्घटनामा खराब मौसमको कुनै भूमिका नदेखिएको अनुसन्धानकर्ताले दाबी गरको छन् ।

गत वर्षको डिसेम्बरमा भएको विमान दुर्घटनामा १ सय ६२ जनाको निधन भएको थियो । पहिलो मेजर रिपोर्ट अनुसार दुर्घटनाका कारण क्रिउको गल्ती पनि हो । सुराबायाबाट सिंगापुर गइरहेको ए ३२०–२०० नम्बरको विमान उडेको ४० मिनेटपछि हराएको थियो । एक वर्षको छनबिनपछि यो निष्कर्ष निकालिएको हो । एउटा सानो संयन्त्रमा त्रुटी भएको पनि पछिल्लो निष्कर्ष निकालिएको छ । जसकारण पाइलटले पाउनुपर्ने सिग्नल समयमा पाउन सकेनन् । क्रिउले संयन्त्र मिलाउन प्रयास गरे पनि नसकेका कारण दुर्घटना भएको हो ।

क्रिउले नियन्त्रणमा लिनसक्ने अवस्था प्रालोंगड सिग्नल कन्डिसनमा रहे पनि दुर्घटना मुक्त हुन सकेन । मलेसिया आधारित एयर एसियाका कार्यकारी प्रमुख टोनी फर्नान्डेजले अनुसन्धानकर्तालाई धन्यवाद दिँदै यसबाट एयर एसियाले धेरै पाठ सिक्नुपर्ने बताए । उद्धोगले सही कुरा थाहा पाउन कुनै कसुर बाँकी नराख्नेसमेत उनले बताएका छन् । १ सय ६२ जना मृतकका आफन्तले घटनाको निष्कर्ष बाहिर आउने कुरा पर्खिरहेका थिए । कानुनी अधिकार प्राप्त नभएको भन्दै इन्डोनेसियाका अधिकारीले वर्षको सुरुआतमा यो रिपोर्ट सार्वजनिक गरेनन् ।

प्रतिक्रिया