मुटु अस्पतालमा आइसियू सेवा

mutu icuबुटवल, १५ मंसिर । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मंगलबारदेखि आइसियू सेवा सुरु भएको छ । मंगलबार एक कार्यक्रमबीच रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ का गभर्नर केशव कुँवरले आइसियू सेवाको उद्घाटन गरेका छन् ।

अस्पतालमा ७ बेड रहेको को आइसियू सेवा शुभारम्भ गर्दै गभर्नर कुँवरले यो सेवा सञ्चालनपछि बिरामीहरू थप लाभान्वित हुने बताए । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले १ करोड २० लाख रुपैयाँको लगानीमा आइसियू सेवा बिस्तार गरिएको जानकारी दिएका छन् । उनले आगामी दिनमा प्याथ ल्याबसमेत सञ्चालनमा ल्याउने आपूmहरूको योजना रहेको बताए । हालसम्म अस्पतालबाट ओपिडीमा २७ हजार २ सय ११ र इमरजेन्सीमा १२ हजार २ सय ५९ जनाले सेवा लिएको भन्दै बाहिर हल्ला भएको जस्तो मुटु अस्पताल महँगो नभएको समेत प्रष्ट पारेका छन् ।

कार्यक्रममा संरक्षक संस्था रोटरी क्लव अफ डाउनटाउनका अध्यक्ष विमलराज भट्टराई, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, नेपाल पत्रकार महासंघका अध्यक्ष शेरबहादुर केसीलगायतले बोलेका थिए । मुटु अस्पतालका निर्देशक डा. समीर गौतमले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया