विरोध ¥याली स्थगित

kagres karekramजनकपुरधाम, १४ मंसिर । नेपाली कांग्रेसले धनुषामा सोमबार गर्ने भनेको पूर्वनिर्धारित विरोध प्रदर्शनको कार्यक्रम मधेशमा आन्दोलनरध पक्षले रोकेका छन् । कांग्रेसले जारी मधेस आन्दोलनको समर्थन र विगतमा भएको ८ बुँदे र २२ बुँदे सम्झौता अक्षरशः कार्यान्वयन हुनुपर्ने माग गर्दै जनकपुरको जिल्ला पार्टी कार्यालयबाट पार्टीको झन्डामा विरोध जुलुस निकाल्ने तयारी गरेको थियो ।

तर, आन्दोलनरत पक्ष संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी गठबन्धन, मधेस अधिकार संघर्ष समति, संयुक्त युवा संघर्ष  समितिलगायतले पार्टीको झन्डामा कांग्रेसले विरोध जुलुस निकाले अवरोध गर्ने र विथोल्ने चेतावनी दिएपछि विरोध सभा नै स्थगन गरिएको हो ।

सोही अनुरूप जनकपुृरको विसहाराचोकस्थित कांग्रेसको पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूले ¥याली निकाल्ने तयारी गरेका थिए । भने आन्दोलनरत्त घटकहरूले अवरोध गर्न जनकचोकबाट लाठीसहितको जुलुस प्रदर्शन गर्दै कांग्रेस पार्टी कार्यालयबाट निस्कने मुलबाटो विसहाराचोक र मुरलीचोकमा पुगेर धर्ना र नाराबाजी गरेका थिए ।

जसरी पनि ¥याली प्रदर्शन गर्ने तयारी गरेको कांग्रेसले कार्यालयमा नेता कार्याकर्ताहरू कम अर्थात् ३ सयको संख्यामा मात्र उपस्थित भएपछि हुनसक्ने संभावित घट्नालाई मध्यनजर गर्दै स्थगित गरेका छन् । दुवै पक्षको प्रदर्शन र अवरोधको कारण हुनसक्ने संभावित घट्नालाई मध्यनजर गर्दै कांग्रेस पार्टी कार्यालय वरपर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । केही बेर प्रहरी र आन्दोलनकारीबीच तनावसमेत उत्पन्न भएको थियो तर प्रहरीको संयमताको कारण कुनै अप्रिय घट्ना हुन सकेन ।

कम नेताकार्यकर्ताको उपस्थितिको कारण केही नेता कार्यकर्ताले नजिकै रहेको जिल्ला प्रशासन कार्यालयमै गएर ज्ञापनपत्र बुझाउने मनस्थितिमा पुगेका थिए । तर, त्यो पनि सम्भव नभएपछि जिल्ला सभापति रामसरोज यादवले कार्यालयमै पत्रकारसम्मेलन गरी कार्यक्रम स्थागित भएको घोषणा गरेका थिए । उनले कांग्रेस मधेस आन्दोलनकै समर्थनमा प्रदर्शन गर्न खोज्दा पनि मोर्चालगायत आन्दोनरत पक्षले अवरोध गर्नु अलोकतान्त्रिक तरिका भएको बताएका छन् ।

नेपाली कांग्रेस पहिलादेखि नै मधेस आन्दोलनको समर्थनमा रहेको आन्दोलनको सम्पूर्ण मागहरू र विगतको सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । तर, अवरोध गर्नुले मोर्चालगायतको आन्दोलनरत घट्कहरूको हैकमवादी प्रवृत्ति भएको उनले बताए ।

प्रतिक्रिया