विवाह खर्चबाट गायन प्रतियोगिता

amirमोरङ, १२ मंसिर । मोरङ पथरी शनिश्चरे बुद्धचोकका गायक अमिर राईले आफ्नो विवाहमा हुने खर्च मध्येबाट १ लाख रुपैयाँ कटौती गरेर ‘म्यारिज सिंगिङ स्टार २०७२’को आयोजना गर्ने निर्णय गरेका छन् ।

यही १७ मंसिरमा हुने राईकोे विवाहको पूर्वसन्ध्यामा उनले १४ गते साँझ बृहत् गायन प्रतियोगिताको आयोजना गर्ने सुझाए । सो प्रतियोगितामा स्थानीय स्तरका नवगायकरूले प्रतिस्पर्धा गर्नेछन् । औसत मानिस आफ्नो विवाहमा लाखौँ मूल्यको सुन र गहना किन्छन्, ठूलो भोज लगाउँछन् । ऋण गरेर भए पनि खर्च गर्छन्, तामझाम गर्छन् अनि साहुलाई ऋण तिर्ने बेलामा पुर्पुरोमा हात लगाउँछन् । प्रतिस्पर्धामा सहभागी मध्ये उत्कृष्ट ७ ले १७ मंसिरमा हुने म्यारिज सिंगिङ स्टार २०७२ को फाइनल राउन्डमा सहभागी हुन पाउनेछन् । ७ जना मध्येबाट प्रथम घोषितलाई नगद १ लाखसहित १ थान गिटार ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी दोस्रो हुनेलाई ५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र र तेस्रो हुनेलाई ३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । पहिलो अडिसन पथरीमा अवस्थित मनोहर पार्कमा हुनेछ भने फाइनल अडिसन बुद्धचोकमा हुने वैवाहिक समारोहमा हुने बताइएको छ । मोरङ–२ का सांसद चण्डीप्रसाद राईको प्रमुख आतिथ्यतामा हुने गायन प्रतियोगितामा सुरवी कला केन्द्रले निर्णायकको भूमिका निर्वाह गर्नेछ ।

दृष्य म्युजिक प्रालिका प्रवन्ध निर्देशक एवं रेडियो सिम्रिकका अध्यक्षसमेत रहेका राईले २ दर्जन बढी कर्णप्रिय गीत गाइसकेका छन् ।

प्रतिक्रिया