भद्र र अनुशासित प्रशिक्षक

feature (2)नारायणदेव राणा कराते प्रशिक्षक हुन् । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका पूर्वअध्यक्ष पनि । करातेमा उनको सबैभन्दा महत्वपूर्ण परिचय भनेको दोहा एसियाडमा नेपाली टोलीका प्रशिक्षक । सोही प्रतियोगितामा उनका केही राम्रा खेलाडी पदकको नजिक भने पुगेका थिए । खासमा त्यो समयमा दीपक श्रेष्ठ र अमृता शाक्य पदकको नजिक पुगेका थिए । त्यसो त सन् २००६ को एसियाडमै अर्का खेलाडी कुशल श्रेष्ठ पनि पिक फर्ममा थिए ।

ललितपुर गोदावरी नगरपालिका र आसपासका केही क्षेत्र करातेको उर्वरभूमि । यसै भूमिमा नारायण ०४० मा कराते खेलमा प्रवेश गरेका थिए । सन् १९९१ मा उनी ब्ल्याकबेल्ट पाउन सफल भएका थिए । त्यसै वर्ष काठमाडांैमा भएको शिखर एसियन कराते च्याम्पियनसिपमा उनले काश्यपदक जिते । ०५० मा खेलकुद परिषद्मा जागिरे जीवन सुरु गर्नुअघि उनले गोदावरीमै प्रशिक्षण दिने गरेका थिए । परिषद् जागिरे लगत्तै दशरथ रंगशालाको कराते केन्द्रीय डोजोमा नै आबद्ध भए । यसपछि कम उमेरमै नेपाली करातेको केन्द्रमा नारायण प्रति चासो जाग्न थाल्यो ।
नेपाली करातेले केहीहदसम्म गुटबन्दीको प्रभावले छोयो । नारायण राणाको जीवनमा पनि यसले भिन्न खाले आरोह– अवरोह लिएर आयो । धेरै राष्ट्रिय खेलाडीलाई प्रशिक्षण गराए पनि उनी नेपालको प्रतिनिधित्व गर्दै तेस्रो मुलुकमा प्रशिक्षकको रूपमा जाने अवसरका लागि लामो समय कुरे । सन् २००६ मा कतारको दोहामा भएको एसियाली खेलकुदमा उनले अवसर पाए ।

करातेमै समर्पित नारायणले फड्को मार्ने क्रममा सन् २००४ मा तेस्रो डान पाएका थिए । त्यो भन्दा ४ वर्ष अघि नै उनी राष्ट्रिय रेफ्री भएका थिए । करातेको असिस्टेन्ट कोच कोर्ष गरेर आफ्नो सुरुआती दिनमा नै निखारता ल्याएका उनले सन् २००५ मा अन्तर्राष्ट्रिय रेफ्रीको कोर्स गरेका थिए । त्यसै वर्ष उनले प्रशिक्षण कोर्समा अमेरिकामै मास्टर गरे । सन् २००७ मा उनले रिफ्रेसर कोर्स गर्दै आफूलाई अझ परिमार्जित गरे । यी यावत दक्षतासँगै उनले ब्ल्याकबेल्ट कमिटीको प्रमुखको रूपमा पनि नेपाली करातेमा आफूलाई समर्पित गरे । राष्ट्रिय र अन्तर्राष्ट्रिय आमन्त्रण करातेमा बहुसंख्यक सफलतापछि उनले प्रशिक्षकको रूपमा अन्य केही महत्वपूर्ण जिम्मेवारी पनि प्राप्त गरे । सन् २००१ मा भारतको पुनेमा भएको दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उनले टोली नेताको भूमिका निर्वाह गरेका थिए । यसैगरी, सिंगापुरमा सन् २०१४ मा भएको एसिया प्यासिफिक करातेमा पनि टोलीको नेतृत्व गरेका थिए ।

feature (1)उनले सन् १९९३ मा परिषद्को आयोजनामा भएको ओलम्पिक डे रनमा सहभागी उनले दक्षिण एसियाली स्तरीय कराते तथा किक बक्सिङ च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए । सन् १९९५ को यो जिम्मेवारीको २ वर्षपछि मकाउमा भएको तेस्रो ओको च्याम्यिनसिपमा उनी सहभागी थिए । विदेशी भूमिमै नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रममा सन् २००१ मा भारतमा भएको तेस्रो अन्तर्राष्ट्रिय जुरीको भूमिकामा मुख्य जुरीको जिम्मेवारी पूरा गरेका थिए । मलेसियामा सन् २००१ मा भएको पाँचौ एसियान सिनियर कराते च्याम्पियनसिपमा महत्वपूर्ण उपस्थिति जनाएका नारायण सन् २००७ मा मलेसियामा भएका एसियाली कराते महासंघको कार्यक्रममा प्रतिनिधित्व गरेका थिए । पाँचौँ एसियन खेलमा जुरीको रूपमा रहेका उनी चीनमा भएको एसियाडमा व्यवस्थापक रहेका थिए । १३औँ एसिया प्यासिफिक कराते हङकङमा रेफ्री रहेका उनी सन् २०१३ मा परिषद्ले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा उनी प्रशिक्षक थिए ।

नारायणलाई नजिकबाट नियाल्नेहरू अनुशासित, भद्र र मिलनसार प्रशिक्षकको रूपमा चिन्न रुचाउँछन् । मिजासिला स्वभावका नारायण राष्ट्रिय टोली हेर्न सक्ने र प्रशिक्षण टोलीमा आवश्यक व्यक्ति भएको पनि धेरैको ठहर छ । उनको उपस्थितिले धेरैको उत्साह थप्ने करातेकर्मीहरूको मत छ । राम्रो प्रशिक्षण शैलीका कारण खेलाडी आपैmँ मिहेनत गर्न प्रेरित हुने उनलाई नजीकबाट नियाल्नेहरू बताउँछन् । माथिल्लो निकाय र सरोकारवालाको अन्तरद्वन्द्व कम भए खेलकुदमा देखिएका सम्पूर्ण समस्या समाधान हुन सक्ने उनको ठहर छ । नेपाली करातेमा विवादलाई छाडी करातेकर्मी एक हुन सके नयाँ दिशामा जान सक्ने उनको अनुमान छ ।

कराते विकामसै आफूलाई समर्पित गर्ने योजना र लक्ष्य राखेका नारायण जागिरे जीवनपछि पनि यसै खेलको विकासमा आपूmलाई समर्पित राख्ने योजनामा छन् । विनाहतियार आत्मसुरक्षाका लागि करातेमा प्रवेश गरेका उनी अनुशासित समाज निमार्णमा मार्सल आर्टको विकासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्छन् । सबै जनामा आत्मरक्षाको कला र क्षमता भए यसले झैझगडामा कमी हुने उनको सोच छ । नजीकबाट नियाल्नेको नजरमा नारायणमा एउटा भिन्न विशेषता रहेको छ । कुनै पनि लोभ र लालच नभएको व्यक्ति र आर्थिक कारोबारमा औँला उठाउन नसकिने व्यक्तिको रूपमा समेत नेपाली खेलकुदमा उनको एउटा छवी छ । त्यसैले उनीप्रति धेरैले सहकार्य गर्न रुचाउने गरेका पनि छन् ।

पछिल्लो समय नपाली मार्सल आर्टको स्तर अलि खस्केको देखिए पनि मार्सल आर्टले नै नेपालको नाम उचाइमा पु¥याउने कुरामा उनको दृढविश्वास छ । उनको खेलकुद नेतृत्वलाई अनुरोध छ । मार्सल आर्टकर्मीलाई विश्वास गरे खेलकुदमा एउटा फड्को मार्न सकिन्छ ।

प्रतिक्रिया