नाकाबन्दीको विरोधमा चलचित्रकर्मी

aartist movकाठमाडौं, ८ मंसिर । दुई महिनायता भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा चलचित्रकर्मीले राजधानीमा ¥याली प्रदर्शन गरेका छन् । चलचित्रकर्मीहरूले ‘राष्ट्रिय जागरण अभियान’को ब्यानरमा नाकाबन्दीविरुद्व काठमाडौंको रत्नपार्कबाट ¥याली शुरुवात भएको थियो ।

रत्नपार्कको शान्ति बाटिकाबाट सुरु भएको ¥याली भद्रकाली, न्यूरोड, इन्द्रचोक हुँदै जमल पुगेर समापन भएको थियो । ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’को आयोजनामा गरिएको कार्यक्रममा चलचित्रदेखि टेलिभिजनमा काम गर्ने कलाकर्मीको बृहत उपस्थिति थियो । चलचित्रकर्मीले नाकाबन्दी लगाउन पाइँदैन, सार्वभौम राष्ट्रको आधार, हाम्रो स्वतन्त्रता हाम्रो अधिकार, हाम्रो मान हाम्रा सान, राष्ट्रिय अभियान’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए । भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी तत्काल खोलिनुपर्ने उनीहरूको भनाइ थियो ।

artist mov1¥यालीमा नेपाली चलचित्रका पुरानादेखि नयाँ कलाकार, हाँस्य कलाकारदेखि सांगीतिक क्षेत्रका कलाकर्मी, निर्देशक, निर्माता, प्राविधिकलगायतले शान्तिपूर्ण विरोध जनाएका थिए ।

¥यालीमा नेपालका पुराना कलाकार भूवन चन्द, बसुन्धरा भुषाल, लक्ष्मी गिरीदेखि करिश्मा मानन्धर, रेजिना उप्रेती, दीपाश्री निरौला, दीपकराज गिरी, सिताराम कट्टेल, कुञ्जना घिमिरे, किरण केसी उपस्थित थिए । यस्तै, हरिहर शर्मा, रमेश वुढाथोकी, कोमल वली, रमेश उप्रेती, नवल खड्का, केपी पाठक लगायतका प्राय सबै चलचित्रकर्मीहरूको उपस्थित रहेको थियो ।

उनीहरूसँगै चलचित्र क्षेत्रका सयौ कलाकार, प्राविधिकदेखि निर्माता, निर्देशक पनि भारतले लगाएको नाकाबन्दीको विरुद्धमा सडकमा देखिए । नेताले भन्दा आफूहरूले भनेको जनताले सुन्ने भएकाले यो अभियान प्रभावकारी हुने उनीहरूको भनाई थियो ।

aartitis mov 2

प्रतिक्रिया