दुर्ई माइल तलसम्म जिव

ब्रसेल्स, ८ मंसिर ।  पृथ्बीको एक या दुई माइलतलसम्म गहिरियो भने  चट्टान, उच्चतापक्रम र केही अक्सीजनको मात्रा भेट्न सकिन्छ । तर, पछिल्लो समय त्यस स्थानमा पनि जिव रहेको पाइएको छ । दक्षिण अफ्रिकी सुनखानीमा यस्ता गहीराइमा पनि एक खाले किरा भेटिएका छन् । सृष्टिमा सबैभन्दा गहीराईमा बाँच्ने जिव यही नै भएको थाहा भएको छ । हजारो वर्ष देखि खानीमा यस्ता जिव रहेको तथ्य फेला परेको छ । यसैलाई आधार मान्दा यीनीहरुको अत्याधीक प्रतिकुल अबस्थामा पनि बाँच्न सक्ने क्षमता भएको जनाइएको छ । सन् १९८० मा हजार फीट तलसम्म जिव रहन सक्ने निश्कर्ष निकालेका थिए ।

धेरै बैज्ञानीकले ब्याक्टेरियाजस्तै किटाणु तलसम्म रहने अनुमान गरेका थिए । पृथ्बीको तल एकदम अँध्यारो र तापक्रम भएका कारण अन्य जिव बाँच्न नसक्नेअनुमान गरिएको थियो । बेल्जीयमको युनिभर्षिटी अप जेन्टमा रहेका बैज्ञानीक गेटान बोर्गेनीकले ए कजनावार यत्तितलसम्म बाँच्न सक्ने कुरामा सहमत भएका हुन् ।

मेमेटोड वम्ब नामको त्यो जनावारमा तातो, चिसो र डिहाइड्रेसन सहन सक्ने आश्चर्यजनक खुबी रहेको छ । यीनीहरु डाउस स्टेजमा प्रबेश गरे पछि सबैखाले प्रतिकुल अबस्था सहन सक्ने क्षमताको विकास हुन्छ । डाउस स्टेजमा आए पछि यीनीहरु पृथ्बीको माथिल्लो भागमा आउने गर्छन् । त्यहाँबाट आफूलाई आबश्यक पर्ने चिज उपयोग गरेर गहीराइमा नै फर्कने गर्छन् । नेमाडेट संसारको धेरै ठाउँमा पाइन्छ । तातो ठाउँ, मुरुभूमि, हिमालर समुद्रमा समेत यो हुने गर्छ । अन्टार्टीकामा पनि यो रहेको अनुमान गरिएको छ ।

र्बोग्नेले आफू मात्र अध्ययान नगरीकन न्यु जर्सीको प्रीन्सटन बिश्वविद्यालयमा रहेका टुलिस अन्टोस्टसंग मिलेर अध्ययन गरे । यीनीहरले अध्ययनलाई अघि बढाउने क्रममा दक्षिण अफ्रिकाको भ्रमण गरेका हुन् । उनीहरुको संसारको गहीराइको खानी भएको ठाउँ खोज्दै दक्षिण अफ्रिका पुगको हुन् । उनीहरुले दुई माइलको उत्पनन गरे ।

बोगर््नेले पानीको लागी ड्रिल गरिएको ठाउँको दुई माइलतलसम्म ढुंगा पनि हेरे । त्यहाँबाट उनले माइक्रोस्कोप प्रयोग गरे । उनले फेरी पानी फीलटर गरेर जिवको खोजी गरे । त्यहाँ उनले साना वम्ब भेटे । योने यती गहीराइमा बाँच्न सक्ने किरा भएको बिश्वास गरिन थालीयो । यस अघि मेमोटोड केही दर्जन फीट मुनीमा मात्र बाच्न सक्ने बिश्वास गरिएको थियो । अर्को अध्ययनले मेमोटोड भित्रै पैदा भएको र बस्ने गरेको तथ्य फेला प¥यो । यो अध्ययनका लागि उनले एक बर्ष भन्दा बढी समय खर्चे । यो समुहले आफ्नो अध्ययनको निश्कर्ष सन् २०११ मा सार्वजनिक ग¥यो ।

प्रतिक्रिया