भूतमेला भर्न कमलामाई

धनुषा, ८ मंसिर ।  कात्तिक पूर्णिमाको दिन  कमला नदीमा डुबुल्की लगाए सिद्धि प्राप्त हुन्छ भन्ने विस्वासका साथ धनुषासहित मधेसका जिल्लाहरूबाट भुतमेला भर्न कमलाम नदि जानेको भिड बढेको छ । सिरहा र भारतको सीमामा इनर्वा नजिक लाग्ने भुत मेला भर्न लागि हजारौको संख्यामा उनीहरू मंगलबार त्यसतर्पm गएका हुन् ।

कात्तिक पूर्णिमाका दिन कमला नदीमा लाग्ने भूत मेलामा सहभागिहरूको ठोस तथ्यांक नरहेपनि प्रत्येक वर्ष सहभागिमा वृद्धि हुने गरेकोे प्रत्यक्ष दर्षीहरूको भनाइ छ । यस वर्ष भने मधेस आन्दोलनका कारण मेला भर्नेको संख्यामा कमी आउने अनुमान छ । सवारीसाधन निर्वाध रूपमा चल्न नसकेका कारण कमला जाने मानिसको संख्यामा केही कमी आउएको उनीहरूले बताए ।

देवी देवता र कुल देवतालाई कमलामा डुबुल्की लगाएर सिद्धि प्राप्त हुने जनविश्वास बोकेको भूत मेलामा धामीझांक्रीहरूको सहभागिता हुने गरेको छ । कात्तिक पूर्णिमाको दिन कमला नदीमा लाग्ने भूत मेलामा धामीझांक्री र दर्शालुहरूको घुइचो हुने गरेको छ । कात्तिक पूर्णिमाका दिन कमला नदीमा डुबुल्की लगाएर देवी देवतालाई सिद्धि प्राप्त गराउने जनविश्वास बोकेको उक्त मेलामा नेपाल सहित भारतबाट हजारौको संख्यामा दर्शालुहरू आउने गरेका छन् । प्रत्येक वर्ष कात्र्तिक पूर्णिमाको दिन लाग्ने सो मेलामा धनुषा सहित सिरहा, महोत्तरी, सर्लाही लगायत भारतको विभिन्न ठाउंबाट दर्शालु भक्तजनहरू आउने गरेका छन् ।

प्रतिक्रिया