काठमाडौं, ७ मंसिर । हलिउडका चर्चित ग्ल्यामर मोडल केली ब्रुकले लामो पहिरन तान्दा तान्दै भित्री वस्त्रनै देखाएकी छन् । आइतबार बेलुकी ‘स्टान्डर्ड थिएटर अवार्ड’मा सहभागी भएकी केलीले आफ्नै पहिरन तान्दा तान्दै भित्री बस्त्र देखिएकै थाहा पाइनन् । लण्डनको रेड कार्पेटमा उनले प्रवेश गर्दै गर्दा लामो पहिरन केही तानेकी थिइन् ।
उनी पहिरन तान्दा तान्दै यती उत्साहित भइन् कि, भित्र लगाएको बस्त्र क्यामेरामा कैद हुँदा पनि पत्तोसमेत पाउन सकिनन् । जबकी केलीको पहिरन त्यस्तो उत्तेजक भने थिएन । तर, उनलाई यस्तो घटनाबारे कुनै पर्वाह नै थिएन । चर्चामा आउनका लागि केलीले यस्तो गरेको पनि हुन सक्ने कार्यक्रमका सहभागीहरूले बताएका छन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया