अभिनयमा फर्किदै; शिल्पा

Silpa copyमुम्बई, ५ मंसिर । विवाहपछि अभिनय क्षेत्रबाट पलायनजस्तै भएकी शिल्पा शेट्टी पुनः अभिनयमा फर्कने तयारीमा रहेकी छन् । उनले राज कुन्द्रासँग विवाह गरेपछि घर, परिवार र छोरा सम्हालेर बसेकी भनेकी छन् ।

चाँडै अभिनयमा फर्किने योजना रहेको भन्दै उनले अहिले एउटा फिल्मको स्क्रिप्ट पढिरहेको जानकारी दिएकी छन् । उनले आधिकारिक सम्झौता भएपछि मात्र मिडियालाई जानकारी दिने बताएकी छन् । फिचर फिल्ममा काम
नगरेपनि टेलिभिजनमा सक्रिय रहेको धारणा राख्ने शिल्पाले आफू कहिल्यै नहराएको दाबी गरिन् । ‘फिल्ममा काम गरिन् भन्दैमा हराएको भन्न मिल्दैन, म टिभीमा सक्रिय थिँए’, उनले भनिन् ।

उनको हातमा अहिले ५ वटा स्क्रिप्ट आइपुगेको छ । तीनवटा स्क्रिप्ट राम्रो भए पनि बाँकी दुर्ईटा उनलाई मन परेको छैन । उनले लेखेको पुस्तक ‘द ग्रेट इण्डियन डाईट’ लोकापर्णको अवसरमा पुनरागमन हुन लागेको कुरो सार्वजनिक गरेकी हुन् ।

प्रतिक्रिया