काठमाडौं, ३ मंसिर । नेपाल चलचित्र प्राविधिक संघको आगामी मंसिर ९ गते हुन लागेको निर्वाचनमा ठूलै रस्साकस्सी हुने भएको छ । प्राविधिक संघको चुनावमा अध्यक्ष पदका लागि अनन्त तिमिल्सिना र पुष्कर लामाबीच रस्साकस्सी पर्ने पक्का भएको हो ।
आगामी तीन वर्षका लागि संघको नेतृत्व गर्ने होडमा लागेका तिमिल्सिना र लामाले आ– आफ्नो दावि पेशगर्दै निर्वाचनमा जाने बताएका छन् । चलचित्र प्राविधिक संघको चुनावलाई चलचित्र क्षेत्रका अन्य चलचित्रकर्मीले पनि नजिकबाट हेरिरहेका छन् । यो चुनावमा प्राविधिकहरुको भन्दा अन्य चलचित्रक्रर्मीको भित्री रुपमा बढी सक्रियता बढेको बताइन्छ । नेपाली चलचित्रका विभिन्न संघसंस्थाको चुनावमा चलचित्रकर्मीको सक्रियता खुबै देखिन्छ । कतिपय चुनावमा राजनीतिक गन्ध पनि स्पष्ट देखिएको उनीहरुले आरोप व्यहोर्दै आएका छन् ।
यसवर्षको निर्जाचन अनन्त र पुष्करमध्ये कसले जित्छ भन्ने अवस्था नहरेको एक सदस्यले बताए । करिब ३ सय १५ सदस्यले यो चुनावमा भोट हाल्नेछन् । मनोज केसी अध्यक्ष रहेको कार्यसमितीको कार्यकाल मंसिर ९ गतेपछि सकिनेछ । मनोजको कार्यकालमा प्राविधिक संघले गर्दै आएको अवार्ड ३ बर्ष नै विदेशमा आयोजना भएको थियो । अध्यक्षका उम्मेदवार अनन्त हालका महासचिव हुन् भने पुष्कर उपाध्यक्ष हुन् ।
‘नेफ्टा अवार्ड’का कारण प्राविधिक संघको चर्चा चलचित्र क्षेत्रमा भएको देखिन्छ । प्राविधिकहरुको समस्यालाई समधान गर्नु त आफ्नो ठाउँमा छदै छ, नयाँ कार्यसमितीलाई अवार्डलाई विदेशी भूमिका सफलताका साथ आयोजना गर्नुपर्ने चुनौती पनि देखिन्छ । यसैले, नेफ्टाको नयाँ कार्यसमितीको चयनमा प्राविधिकहरुले पनि काम गर्ने मान्छेलाई भोट हाल्ने बताउँदे आएका छन् ।
प्रतिक्रिया