राजेशले भेटे मिस डेनमार्क

rajesh-with-miss-denmarkकाठमाडौं, २ मंसिर । गीत गाउनेक्रममा यूरोप पुगेका गायक राजेशपायल राई र भर्खरै उपाधी जितेकी मिस डेनमार्क जेसिका भिल्बुकायरबीच भेट भएको छ । सन् २०१५ मा यो उपाधी जितेकी जेसिकाले राजेशपायललाई नेपालको नाकाबन्दी तथा गत वैसाखमा गएको भूकम्पबारे चासो राखेको राईले जनाएका छन् ।

उनलाई जेसीकाले डेनिष भाषाका गीत गाउन आग्रह गरेको बताएका छन् । उनले भने,‘जेसिकाले डेनिस भाषाका गीत गाउन अनुरोध गरिन, मैले डेनिस संगीतकारहरूसँग भेट गरेर तयार गरे त्यो पनि संभव हुने बताएँ ।’

यस्तै गायक राइले हलिउडकी नायिका डेमी मुरसँग पनि भेट गरेका थिए । डेनमार्कमा रहेका गायक राइले कोपेनगेहगनमा आफ्नो दोश्रो प्रस्तुती हुने जनाएका छन् । यसअघि उनले स्पेनको बार्सिलोना र म्याड्रिडमा २ वटा कार्यक्रम गरेका थिए ।

प्रतिक्रिया