महिमालाई प्रेमपीडा

mahimaकाठमाडौं । नयाँ नेपाली फिल्म ‘बादशाह’को ‘मैले माया मागे होला’ बोलको गीत सार्वजनिक गरिएको छ ।

राजेशपायल राईको आवाज रहेको यो गीतमा भुवन शर्मा कँडेलको शब्द, विशाल ढकालको संगीत छ । फिल्मको पर्दामा हट भूमिकामा देखिने कलाकार महिमा सिलवाललाई यो गीतमा भने निकै सालिन देखाइएको छ । प्रेममा असफल भएपछि देखिने पीडालाई चलचित्रको यो गीतमा समावेश छ ।

फिल्ममा रवि कोइरालाको छायांकन, युवराज खत्रीको सम्पादन छ । किशोर राज खाकाको निर्माणमा तयार भएको यो चलचित्राई ऋषि न्यौपानेले निर्देशन गरेका हुन् । चलचित्रमा सुशिल क्षेत्री, महिमा सिलवाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

अझै पनि प्रदर्शन मिति तय नभएको फिल्म ‘बादशाह’ गतबर्ष नै प्रदर्शनमा ल्याउने तयारी गरिएतापनि विविध कारणले पछि सरेको थियो । (सौस)

प्रतिक्रिया