गोली चल्दा एकजना घाइते

narayanरुपन्देही, २२ कात्तिक । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ६ खैरेनीमा आइतबार विहान गोली चलेको छ । विहान साढे १० बजे अज्ञात व्यक्तिको गोली प्रहारबाट देवदह कै २५ बर्षिय नारायण बस्नेत घाईते भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

घाईते बस्नेतको दाहिने फिलामा गोली लागेको हो । घाईते बस्नेतलाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पु¥याइएको प्रहरीले जानकारी दिएको छ । उनलाई स्नोकर खेल्ने क्रममा आपसी विवाद हुँदा गोली प्रहार भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दिनेश खड्काले खेलमा विवाद हँदा बाहिर बाट आएको व्यक्तिले गोली चलाई भागेको आशंका रहेको बताएका छन् ।

कालो हाप हेलमेट र कालै ज्याकेट लगाएको व्यक्तिले गोली चलाएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै डिएसपी खड्काले जानकारी दिएका छन् । त्यस्तै लुम्बिनी अञ्चल अस्पताल प्रहरी रामु वि.क.ले खेलका क्रममा विवाद हुँदा गोली लागेको हुन सक्ने बताए ।

प्रतिक्रिया