तिहारमा फूलको मूल्यवृद्धि

OGb|rf]sdf ltxf/sf] nflu ;okqL / dvdnL km"nsf] dfnf agfO{ ljqmL ubf{ b}lgs ?= ^) xhf/;Ddsf] km"nsf] Jofkf/ x'g] atfpF5g km"ndfnf Jofkf/L . tl:a/ M zld{nf kf7s, /f;;

काठमाडौं, २२ कात्तिक । तिहार नजिकिँदै गर्दा नेपालमा उत्पादीत पूmलको मूल्य वृद्वी हुन थालेको छ । सिमा क्षेत्रमा भइरहेको अघोषित नाकाबन्दीका कारण बाहिरबाट पूmल ल्याउन नसक्दा स्वदेशी पूmलको मूल्य बढेको हो ।

हरेक वर्ष तिहारको अवसरमा भारतबाट ल्याइने पूmल यस वर्ष ल्याउन नसक्दा स्वदेशी उत्पाद नै भरपर्नु अवस्था आएको छ । असन क्षेत्रमा पूmलको व्यापार गर्दै आएका व्यापारीहरुले विगतका वर्षमा सयपत्री पूmलको प्रतिमालाको मूल्य १५० देखि २०० रुपियाँ सम्ममा बेच्ने गरेपनि यो वर्ष भने ३०० रुपियाँँ सम्म भन्न थालेका छन् ।

अघिल्लो वर्षमा तिहार सुरू भएसँगै विशेषगरी तिहारमा प्रयोग हुने पूmल गोदावारी, सयपत्री र मखमलीको कारोबारको लागि सहज हुने भएपनि मूल्य वृद्धिका कारण यसपाली उपभोक्ताले पूmलको कारोबार सामन्यमात्र गरेका छन् । पोहोरसालसम्म तिहारको समयमा पूmल बिक्री वितरणबाट एक दिनमा एक लाखसम्मको कारोबार भएपनि अहिले ५०÷६० हजारको मात्र व्यापार हुने गरेको व्यापारीहरुले बताएका छन् । तिहारका लागि असन क्षेत्रमा पूmलको माला किन्न जानुभएकी नुवाकोटकी राधिका अधिकारीले एउटा मालाको निश्चित मूल्यभन्दा पनि बजारमा मनमरी मूल्य लिने गरिएको गुनासो सुनाएकी छन् । ‘नाकाबन्दीको कारण देखाउँदै नेपालमै उत्पादन हुने पूmलसमेत ठाउँपिच्छे फरक फरक मूल्यमा बिक्री भइरहेको छ, तिहारको बेलामा पूmल नभइ हुँदैन कस्तो समस्या’ उनले भनिन् ।

अहिलेसम्म भारतबाट पूmल नआएपनि अझै आउन सक्ने झिनो आशा रहेको फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष लोकनाथ गैरेले बताएका छन् । बिगतको वर्षमा तिहार सुरू हुनुभन्दा १५ दिन अगाडि नै भारतबाट पूmल आयात गरिने गरिएको उनले सुनाए ।

विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री पूmलको माग स्वदेको उत्पादनले मात्र धान्न नसक्ने हुँदा हरेक वर्ष भारबाट २० प्रतिशत पूmल ल्याइने गेरेको थियो । एसोसियसनका अनुसार यसअघिका समयमा उपभोक्ताको चहल पहल बढ्ने गरेको भएपनि यसवर्ष भने भूकम्प र नाकाबन्दीका कारण कम भएको हुँदा स्वदेशी उत्पादनले नै पुग्न सक्छ ।

प्रयोगमा वृद्धि भएसँगै हाल नेपालमा व्यावसायिकरूपमा पूmलको खेती गर्ने कृषक ६५० जना पुगेका छन् भने ती कृषकले ४५० प्रजातिका पूmलको खेती गर्दै आएका अध्यक्ष गैरेले जानकारी दिए । तिहारमा सयपत्री पूmल र प्रणय दिवसका लागि रातो गुलाफ भारतबाट ल्याइने गरिएको छ । काठमाडाँै उपत्यकाको तीनवटै जिल्ला, नुवाकोट, चितवन, धादिङ, काभ्रेपलाञ्चोक, नवलपरासी लगायतका जिल्लामा करिब ३०० प्रजातिका पूmलको व्यवसायिक खेती हँुदै आएको छ । सयपत्री पूmल भारतबाट ल्याउने गरेको भएपनि केही वर्षयता गोदावरी र मखमली पूmल अस्ट्रेलिया तथा मलेसिया निर्यात हुने गरेको छ ।

प्रतिक्रिया