मुम्बई, २१ कात्तिक । अमेरिकाको चर्चित पत्रिका प्लेब्वाईमा न्युड फोटोसुट गराउने पहिलो भारतीय मोडल शर्लिन चोपडा फेरि एकपटक चर्चामा आएकी छिन् ।
भारतीय मोडल शर्लिनले यसअघि पैसा लिएर धेरैपटक शारीरिक सम्बन्ध कायम गरेको दाबी गर्दै आफ्नो जीवनको गोप्यता खोलेपछि सञ्चार माध्यममा उनको एकाएक फेरि चर्चा भएको हो ।
मोडल शर्लिनले ट्वीटरमा लेखेकी छिन्, ‘केही समय पहिलेसम्म कयौं व्यक्तिसँग पैसा लिएर उनले सेक्स गरेकी थिइन् । यस्तो गर्न उनलाई आनन्द आउँथ्यो । तर, त्यो आनन्द क्षणिक थियो ।’ उनका अनुसार छिट्टै उक्त कुराको आभास भएपछि पहिले भन्दा धेरै सुध्रिसकेकी छिन् ।
उनले अहिलेपनि पैसा दिएर शारीरिक सम्बन्ध बनाउने अफरहरू आइरहेको पनि खुलेआम ट्वीटरमा बताएकी छिन् । शर्लिनले २ वर्षअघि आफ्नो नाङ्गो फोटो ट्वीटरमा पोस्ट गरेर सनसनी मच्चाएकी थिइन् ।
प्रतिक्रिया