उद्यौलीको तयारी

udhouli parbaइलाम, २० कात्तिक । इलामको बा“झो–९ स्थित मांसेबुंमा हुन लागेको किरात मुबेक्वा सेवा (उधौली पर्व) को तयारी सुरु गरिएको छ । किरात धर्मगुरु मुहिङ्गुम अङसीमाङ आत्मानन्द लिङ्देनको ६२ औं जन्मोत्सव सँगै कार्यक्रम गर्न लागिएको हो ।

आगामी मंसिर १८ देखि २० गतेसम्म इलामको बा“झो–९ हुन गइरहेको विशेष पर्व तथा समारोहलाई भव्यरुपमा सम्पन्न गर्न किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको संयोजकत्वमा एक हजार पा“च सय ६२ सदस्यीय मुल आयोजक समिति गठन भएको छ ।

समितिको सहसंयोजकमा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिं थेगिम रहेका छन् । त्यस्तै अन्य विभिन्न ४२ वटा उपसमिति गठन गरी जिम्मेवारी दिइएको छ । माङसेबुङमा माङगेन्ना संघ, माङगेन्नाका मातहत संगठनको संयुक्त बैठकले उक्त जिम्मेवारी प्रदान गरेको हो । मुल आयोजक समितिमा माङगेन्ना र संघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, माङगेन्ना मातहत समितिका पदाधिकारी तथा सदस्यहरु रहेका छन् । यस्तै, माङगेन्ना संघ, माङगेन्नाका मातहत समितिका जिल्ला तथा गाउ“ समितिबाट र भक्तजनहरु पनि आयोजक समिति रहेको बताईएको छ । २०७१ बैसाख २४ गते माङसेबुङमा आयोजित ८४ औं समाज सुधार दिवसको अवसरमा किरात धार्मिक चाडपर्व घोषणा गर्ने क्रममा उनको जन्मदिनको अवसरमा मंसिर १८ गतेदेखि २० गतेसम्म चासोक मुबेक्वा सेवा (उधौली पर्व) मान्ने घेषणा गरिएको थियो ।

लिङ्देनको जन्मोत्सवमा मुलुकका बहुवप्रतिष्ठित व्यक्तित्वहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभमुख, विभिन्न राजनीतिक दलका प्रमुखहरु लगायतको उपस्थिती हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया