सम्झौता विपरित नाका बन्दी : दाहाल

parchandaबुटवल, २१ कात्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहलले नेपाल भारत विचको सम्बन्ध पुनःपरिभाषित गर्नुपर्ने बेला आएको बताएका छन् । भारतले हाल गरिरहेको अघोषित नाकाबन्दीको कारण देश अस्त–व्यस्त भएको भन्दै असल छिमेकीले अन्तराष्ट्रिय सन्धी सम्झौता विपरित नाकाबन्दी लगाएकोले आफंैमा अन्र्तराष्ट्रिय करण भएको बताएका हुन ।

एमाओवादी निकट कार्यकर्ताहरुलाई प्रशिक्षण दिन बुटवलका आएका बेला क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले यस्तो बताएका हुन् । शनिवार भएको कार्यक्रममा उनले भने, ‘कूटनीतिक रुपमा समस्या सामाधानको लागि आफ्नो प्रयास जारी रहेको छ, हामीले संविधान बनाएर गल्ती गरेका छैनौं ।’ नेपालले पछिल्लो समयमा ऐतिहासिक चुनौतिको सामाना गरिरहेको भन्दै समस्या समाधानको लागि अविलम्ब पहलको थालनी हुनुपर्ने धारणा समेत दाहलले राखेका थिए ।

उनले विश्वमै प्रगतशिलि संविधान नेपालले बनाउन सफल भएकोमा अन्य देशको किन टाउको दुख्ने भन्दै हामी नेपालीहरुले कसैसँग झगडा गर्न नचाहेको बताएका थिए । ‘हामी कुनै पनि नेपाली, मधेसी वा छिमिकी सँग झगडा गर्न चाहेका होईनौं ।’ उनले भने । अहिलेको विषम परिस्थितीमा आन्तीम समय सम्म सामान गर्ने प्रतिज्ञा गर्नु सबैको दायित्व भएको समेत नेता दाहालको भनाई थियो ।

प्रतिक्रिया