काभ्रे, २० कात्तिक । अघोषित नाकाबन्दी र तराई आन्दोलनले निम्त्याएको संकटको मौका छोप्दै काभ्रेमा कालोबजारी सक्रिय भएका छन् । स्थानीय प्रशासनसँगको मिलेमतोमा कालोबजारी हुँदै आएको सर्वसाधरणले गुनासो गरेका छन् ।
इन्धन संकट बढ्दै गएका बेला स्थनीय कालोबजारी गर्ने व्यपारीहरूले प्रहरी र प्रसासनले ठुलो परिमाणका प्रेट्रोलियम ओसार पसारमा सहयोग गरेको उनीहरूको आरोप छ । निजी प्रयोजनको लागी लिएको स्थानीय भुवन श्रेष्ठको मोटरसाईकल वर्कसपबाट १० लिटर प्रट्रोल कालोबजारी भन्दै इलाका प्रहरी कार्यलय बनेपाका निरीक्षक दिपक भारतीले लगेका छन् । उनले सो तेुल कुन कानुन अन्र्तगत कहाँ राखे या कार्बाही अगाडि बढाए त्यो जानकारीमा छैन ।
यता प्रमुख जिल्ला अधिकारी मदन भुजेल र प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले व्यवसायीले गरेको बालोबजारीलाई प्रोत्साहान दिएको सर्वसाधरणको गुनासो रहेको छ । उनीहरूले व्यवसायी आत्मराम थापा लगायतले प्रट्रोलियम पदार्थ र ग्यासमा आफ्नाहरूलाई मात्र दिएको सार्वजानिक कार्यक्रममा बोलेको भएपनि प्रशासनले केही सहजीकरण नगरेको भन्दै उनीहरू आक्रोसित भएका हुन् ।
दैनिक जसो सयौँको सङख्यामा कालोबजारीको ग्यास र प्रट्रोलियम पदार्थहरूको कालोबजारी गर्दै व्यवसायीहरूले कारोबार गर्दै आएका छन् भने महिना दिन भरीका काभ्रे उद्योग बाणिज्य र प्रसासनको मिलेमतोमा भएको सिन्डीकेटबाट करोडौँ कमाउ धन्दा भएको स्थानिय बासी र शिर्ष राजनिती तहका व्यक्तीहरूले आशंका गरेका छन् ।
प्रतिक्रिया