३ उपप्रधानसहित ७ मन्त्री थपिए

काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार तेश्रो पटक मन्त्रिपरिषद् बिस्तार गरेका गर्दै तीन उपप्रधानसहित सात मन्त्री थपेका छन् । बिहीवारको बिस्तारबाट अब ६ उपप्रधानमन्त्री १७ मन्त्रीसहित मन्त्री मण्डल २६ सदस्यिय भएको छ ।

बिस्तारित मन्त्रीपरिषदमा एमालेबाट उपप्रधानमन्त्रीसहित पांच जना मन्त्री थपिएका छन् । त्यसमा उपाध्यक्ष भीम रावल–उपप्रधानमन्त्री तथा रक्षा, उपमहासचिव बिष्णु पौडेल–अर्थ, शान्ता मानवी– बिना बिभागिय, आनन्द पोखेरल–पर्यटन र शेरधन राई– संचार रहेका छन् ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई श्रम तथा रोजगार मन्त्रीको प्रस्ताब गरिए पनि उनले आफु दुइपटक मन्त्री भइसकेको भन्दै अस्विकार गरेकी छिन् । एमालेबाहेक मालेका महासचिव सीपी मैनाली महिला तथा बालबालिका मन्त्रालयसहित उपप्रधानमन्त्री भएका छन् भने जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गरिबी निवारणसहित उपप्रधानमन्त्री भएका छन् । मैनाली र केसीसहित वर्तमान मन्त्रीपरिषदमा छ जना उपप्रधानमन्त्री भएका छन् ।

यसअघि नै प्रधानमन्त्री ओलीले एमालेबाट अग्नि खेरललाई कानुन, सोमप्रसाद पाण्डेलाई उद्योग र सत्य नारायण मण्डललाई मन्त्री बनाएका थिए । मण्डलले युवा तथा खेलकुद मन्त्रालय पाएका छन् । दोश्रो पटकको मन्त्रिपरिषद् बिस्तारमा एमाओवादीका तर्फबाट मन्त्री बनाइएको थियो ।

प्रतिक्रिया