मोरंग १७ कार्तिक । थारु कल्याणकारिणी सभा आन्दोलन परिचालन कमिटिका संयोजक राजकुमार लेखीले अबको आन्दोलन राजमार्ग र पश्चिमी नाकामा केन्द्रित गर्ने बताएका छन् ।
सुनसरीको इटहरीमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले शान्तिपूर्ण आन्दोलनको तीन महिना बित्न लाग्दासमेत सरकारले माग सम्बोधन गर्न नसकेको भन्दै अबको आन्दोलन सिमाक्षेत्र र राजमार्म केन्द्रित हुने नेता लेखीले बताए ।
सिंहदरबारमा रहेका शीर्ष नेताहरूलाई शासकको संज्ञा दिँदै नेता लेखीले उनीहरूलाई दबाब दिन पूर्व झापा देखि पश्चिम कञ्चनपुर सम्मका सबै नाकाहरूमा धर्नासहित नाकाबन्दी , पूर्व घोषित आम हडताललाई जारी राखिने बताए । उनले थारु समुदाय भुमि पुत्र रहेका कारण आफनो माग पुरा गराउन कुनै हालतमा हतियार नउठाउने समेत बताए ।
तराई टुक्राएर अलग्गै राज्य थारुहरूले कहिल्यै नचाहेको र राष्ट्र बिखण्डनको पक्षमा पनि नरहेको उल्लेख गर्दै नेता लेखीले आन्दोलनलाई दबाउन सरकारले बार्ताको नाटक मात्र रचेको आरोप लगाए । थारुले उठाएका सिमाङकन लगायतका मागहरू पुरा
नगरेसम्म आफुहरूको आन्दोलन जारी रहने बताउदै नेता लेखीले भोलीका दिनमा मधेसी मोर्चा र थरुहट थारुवान संयुक्त संघर्ष समिति एउटै मार्चामा गाँसीएर आन्दोलनलाई सशक्त बनाइने चेतावनी दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई ब्राहमण एकता परिषदको संज्ञा दिदै नेता लेखीले केन्द्रमा बसेर ठूला ठूला गफ दिनुका सट्टा आन्दोलनरतस्थलमा आएर जनतालार्ई सम्झाएर देखाउन चेतावनी दिए । ‘राष्ट्रवादी कुरा गर्ने प्रचण्ड ज्यु भारतसंग नझुक्ने तर भारतले बनाएको साइकल चै चढने भन्दै हुनुहुन्छ त्यही साइकल चढेर आफनो निर्वाचन क्षेत्र सिरहा आएर देखाउनुप¥यो’ नेता लेखीले भने ।
नेता लेखीले नेपालमा रहेका ठुला सञ्चारमाध्यम र मानवअधिकारवादीहरू थरुहरूको आन्दोलन प्रति पुर्वाग्राही भएर लागेको आरोप लगाएका छन । उनले मानवअधिकारवादीहरूलाई डलरखेती गर्ने एजेण्टको रुपमा वर्णन गरे । त्यस्तै नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपति हुन सफल एमालेकी नेतृ बिद्यादेबी भण्डारी अझैपनि पार्टीको कार्यकर्ता जस्तो बक्तब्य दिदै हिडेकोमा थारुहरूको घोर आपत्ती रहेको नेता लेखीले बताए ।
सुनसरी , मोरङ्ग र झापाका कार्यकर्ताहरूलाई आन्दोलनका कार्यक्रम र पार्टी भेलालाई सम्बोधन गर्न इटहरी आइपुगेका थारु नेता लेखीले आन्दोलनमा भारतको समर्थन रहेको तर कुनै सहयोग र कुनै भारतीय नागरिक आफुहरूले परिचालन नगरेको स्पष्ट पारे ।
प्रतिक्रिया