राम्चेमा बस पल्टियो

काठमाडौं । त्रिसुलीबाट रसुवाको धुन्चेतर्फ जाँदै गरेको बस रसुवाको राम्चेमा पल्टिएको छ । पहिरो गएको स्थानबाट बस तलतिर पल्टिएको बताइएको छ । दुर्घटनामा धेरैको हताहति भएको प्रत्यक्षदर्सी नमराज घिमिरेले बताए । घिमिरेका अनुसार बसको छतमा समेत टनाटन यात्रु बोकेर गएको पासाङ ल्यामु यातायतको सुपर एक्सप्रेस बस दुर्घटना हुँदा ७–८ जना मात्रै सकुशल रहेका छन् । घिमिरेका अनुसार बसका चालक र सहचालकको पनि मृत्यु भएको छ । घटनास्थलमा भर्खरै प्रहरीको रेस्कु टोली पुगेको छ । पूर्व विवरण भने अझै आउन सकेको छैन ।

प्रतिक्रिया