अलग अभियानको अलग प्रस्तुति

alag abhiyanकाठमाडौं २७ असोज । विभिन्न जिल्लाबाट आएर काठमाडौंमा बस्दै आएका युवा सर्जकहरूले तयार पारेको अलग अभियानले आफ्नो अलग प्रस्तुती दिएको छ । काठमाडौंमा भएको एक कार्यक्रम तीनवटा कृतिहरूको संयुक्त विमोचनका साथै गीत कविता प्रस्ुतत् गरेर अभियानले आफ्नो अलग प्रस्तुति देखाएको हो ।

हरेक महिना युवा सर्जकहरूलाई जमघट गराउँदै आएको अलग अभियानले अलग अभियानको विशेष श्रंखला अन्र्तगत रहेर अलग कविता १, अलग संगीत १ र गोपाल चन्द्र राईको उपन्यास भेटिएको डायरीको संयुक्त विमोचना गरेको हो । विगत वर्षहरू देखि निरन्तर आफ्नो अभियान अगाडी बढाईरहेको यो जमातले नवस्रष्टा र पुराना स्रष्टाहरूलाई जोड्ने काम गर्दै आएको अलग अभियानका परिकल्पनाकारमध्ये एक स्रष्टा नाकिमले बताएका छन् ।

हरेक महिना हुने अभियानको श्रखलामा पुराना स्थापित सर्जकलाई उपस्थित गराएर नया तथा पूराना सर्जकहरूको रचना तथा सिर्जनालाई सुन्ने सुनाउने क्रम गर्दै आएको यो अभियानले विशेष त प्रगती उन्नतिको पथमा लाग्न प्ररित गर्ने गरेको नाकिमले बताएका छन् ।

यसपटको विशेष शृृंखलामा ३२ जना सर्जकको कविता समेटिएका अलग कविता, पाँचवटा गीत समेटिएको अलग संगीत एल्बम तथा उपन्यासमा नयाँ तथा साहित्य सिर्जनमा स्थापित भएका उर्जाशिल युवा गोपालचन्द्र राईको भेटिएको डायरी बजारमा आएको छ । काठमाडौंको होटल हार्दिकमा संम्पन्न भएको कार्यक्रमा विभिन्न कलाकारहरूको लाइभ गीत प्रस्तुत गरेका थिए । कार्यक्रम गीतकार तथा साहित्यकार टेक तामाङ, वरिष्ठ साहित्यकार आहुति, प्राज्ञ श्रवण मुकारुङ, शुभ मुकारुङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया