फेरियो अञ्जुको स्टाइल

anju-pantaकाठमाडौं, २६ असोज । चर्चित गायीका अञ्जु पन्तले आफ्नो स्टायलमा परिवर्तन ल्याएकी छन् । उनको जीवनमा आएका उतार चढावले उनलाई केही समय वैचन जस्तै बनाएको थियो ।

केही समय अगाडिसम्म नेपाली चलचित्र र आधुनिक गीतसंगीतमा एक छत्र राज गरेकी अन्जुले पारिवारिक समस्यामा परेपछि उनले दिएको धर्म सम्बन्धीको कुरा विवादमा पनि प¥यो । गायक तथा संगीतकार मनोरराजसँग उनको दाम्पत्य जीवन पनि टुटेपछि उनले धर्मका विषयमा दिएका विभिन्न खालका बयानहरु मिडियामा सार्वजनिक भएर उनको चर्को आलोचना भएको थियो ।

विस्तारै यो कुरा सेलाउँदै गएपछि अञ्जु फेरि पुरानै स्थान खोजिरहेकी छिन् । अञ्जु अहिले आफू एक्लै हिँडन छाडेकी छन् । उनले आफ्नी छोरीलाई पनि सँगै लिएर निस्कन थालेकी हुन् । सोमबार आयोजना भएको एक कार्यक्रममा फरक स्टाइलमा देखिएकी अञ्जुले छोरीलाई समेत परिचय गराउँदै थिइन् ।

धेरैले आमा भन्दा छोरी ठूली भइछन् भन्दै रमाइलो गरेका थिए । गायिका अञ्जु पन्तले आफ्नो दुवै मृगौला फेल भएको भनेर आएका समाचार पनि गलत भएको बताइन् । उनले भनिन् ‘म सबैको आर्शीवादले एकदमै ठिक छु । मेरो दुबै मृगौला फेल भयो भनेर आएका खबर झुटो हुन् ।’ गायिका पन्तले कार्यक्रममा पुग्दा नक्कली कपाल लगाएकी थिइन् भने उनको स्टाइल पनि बदलिएको देखिएको थियो ।

प्रतिक्रिया