“इनास अवार्ड” सकियो

Aaryan-keki-inas-awardकाठमाडौं, २६ असोज । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले प्रदान गर्ने ‘इनास अवार्ड’ काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंमा वितरण गरिएको अवार्डमा नायक आर्यन सिग्देल उत्कृष्ट अभिनेता र नायिका केकी अधिकारीले उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेका छन् ।

चलचित्र नोभेम्बर रेनबाट आर्यनले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन्  भने ‘चलचित्र वितेका पल’बाट नायिका केकी अधिकारीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिइन् । त्यस्तै उत्कृष्ट निर्देशकको अवार्डमा निश्चल बस्नेतले चलचित्र टलकजंग भर्सेज टुल्केबाट बाजी मारे भने सोही चलचित्रले उत्कष्ट चलचित्रको अवार्ड पनि हात परेका छन् । सोमबार राजधानीमा आयोजित अवार्ड समारोहमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त अमर तारा सम्मान, अभिनेता मुलरीधर र विश्वकै कान्छा निर्देशक सौगात विष्टलाई बिशेष सम्मान, गायक प्रशान्त तामाङ्, कपिल थापा, बाबु बोगटी, कोरिायोग्राफर शंकर बिसीलाई पनि सम्मान गरिएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले गत तीन वर्षदेखि वितरण गर्दै आएको इनास अवार्डमा यसपटक भने निर्देशक तुलसी घिमिरेलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उनलाई १ लाख नगद सहित सम्मान पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा एनआरएन पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।अन्य अवार्डहरुमा उत्कृष्ट बाल कलाकार संगम बिष्ट (लभ यू बाबा), उत्कृष्ट द्वन्द्व चन्द्र पन्त (लज्जा), उत्कृष्ट नृत्य निर्देशक वसन्त श्रेष्ठ (कोहिनूर), उत्कृष्ट गायिका, अञ्जु पन्त (स्टुपिट मन), उत्कृष्ट गायक स्वरुपराज आचार्य (स्टुपिड मन), उत्कृष्ट गीतकार कृष्णहरी बराल (मर्ने कसैलाई रहर हुँदैन) अवार्ड पाएका छन् ।

त्यसैथरी उत्कृष्ट संगीतकार अर्जुन पोखरेल (स्टुपिड मन), उत्कृष्ट आलेख रामबाबु गुरुङ, उपेन्द्र सुब्बा (कबड्डी), उत्कृष्ट सम्पादन विपिन मल्ल (वितेका पल), उत्कृष्ट छायाँकार पुरुषोत्तम प्रधान (कबड्डी) उत्कृष्ट अभिनेत्री केकी अधिकारी (वितेका पल)उत्कृष्ट अभिनेता आर्यन सिग्देल (नोभेम्वर रेन), उत्कृष्ट निर्देशक निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के) र उत्कृष्ट चलचित्र अवार्ड टलकजंग भर्सेज टुल्केले प्राप्त गरेको छ ।

प्रतिक्रिया