श्रीकृष्णलाई ‘अमरतारा’ अवार्ड

Shreekrishna Shrestha

काठमाडौं, २६ असोज ।  तेस्रो इनास अवार्डको ‘अमर तारा’ अवार्ड मृत्युपर्यान्त श्रीकृष्ण श्रेष्ठलाई प्रदान गरिएको छ । अवार्ड वितरण समारोहमा नायिका स्वेता खड्काले नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झदै उनको आत्मा खुसी भएको बताएकी छिन् ।

काठमाण्डौमा सोमबार सम्पन्न ‘तेस्रो इनास अवार्ड’मा श्रीकृष्णलाई प्रदान गरिएको ‘अमर तारा’ सम्मान ग्रहण गर्दै उनले भनिन्, ‘यदि उहाँले कतैबाट यो हेरिरनुभएको छ भने उहाँको आत्मा खुशी भएको छ भन्ने मलाई लागेको छ । म यो उहाँलाई यो खुसी सेयर गर्न चाहन्छु ।’

उनले आपूmलाई यस्तै माया, हौसला र साथ दिन आग्रह गर्दै भनिन्, ‘मलाई यस्तै हिम्मत दिनुहोस् । म उहाँले जस्तै काम गर्ने कोसिस गर्नेछु ।’ नायिका खड्काले श्रीकृष्णको कामलाई यति धेरै सम्मान र माया दिएको भन्दै आयोजकलाई धन्यवाद दिइन् । यो क्षेत्रमा श्रीकृष्ण भएकाले आफूले पनि बोल्नसक्ने हिम्मत पाएको स्वेताको भनाइ थियो ।

श्रीकृष्णले आफ्नो अन्तिम अवस्थामासम्म काम गरेर नेपाली चलचित्रलाई ‘कोहिनुर’ जस्तो चलचित्र कोसेली छाडेर गएको उनको भनाइ थियो । स्वेताले आफू फेरि पनि चलचित्र क्षेत्रमा काम गर्न चाहेको भन्दै श्रीकृष्णको जस्तै काम गर्ने प्रण बताएकी छन् ।

प्रतिक्रिया