‘बिग बोस ९’ सुरु

bigboss copyमुम्बई, २६ असोज । भारतमा चर्चित सृंखला ‘बिग बोस’को नवौं संस्करण सुरु भएको छ । कार्यक्रममा १४ जनाको सहभागिता रहेको छ ।

सहभागी १४ प्रतियोगीहरूलाई करिब ३ महिनाका लागि बन्दकोठामा प्रवेश गराईएको छ । अबको तीन महिनामा १४ जना सहभागी २४ सै घण्टा क्यामेराको निगरानीमा रहने छन् । उनीहरूको निगरानीका लागि मात्रै ४८ वटा क्यामेरा फिट गरिएको छ ।

सलमान खानले कार्यक्रम सञ्चालनको जिम्मा पाएका छन् । उनले छैठौंं पटक ‘बिग बोस’ सञ्चालन गरेका हुन् । कार्यक्रममा टेलिभिजन कार्यक्रम ‘सपने सुहाने लडकपन के’ मा गुञ्जनको भुमिका निर्वाह गरेर चर्चामा आएकी तथा डान्स रियालिटी शो ‘झलक दिखला जा रीलोडेड’ मा पनि सहभागी रूपल त्यागी, लोकप्रिय टिभी सो ‘वीर की अरदास वीरा’ मा वीरा सम्पूर्ण सिंह चरित्र निर्वाह गरेका प्रतियोगीमध्येकै सबैभन्दा कम उमेरकी दिगांगनाको सहभागिता रहेको छ ।

यसैगरी बलिउडकी एउटी असफल जस्तै बनेकी नायिका रिमि, हिन्दी चलचित्र ‘भाग जानी’ मा बेजोड नृत्य प्रस्तुत गरेर प्रसंसा बटुलेका मंदाना करिमी, रूपल त्यागीका पूर्वप्रेमी हुन् अंकित गेरा, शाहरूख खानको चलचित्र ‘ओम शान्ति ओम’ मा शाहरूख खानको नक्कली हिरोईनको भुमिका निर्वाह गरेकी युविका चौधरी लगायतको सहभागिता रहेको छ ।

त्यस्तै सुयश राय, किश्वर मर्चेन्ट, रोशेल राव, प्रिन्स निरुला, अरबिन्द वागेडा, विकास भल्ला लगायत कार्यक्रममा सहभागी हुने भएका छन् ।

प्रतिक्रिया