सविता भइन् मिसेस नेपाल

misss nepalकाठमाडौं, २५ असोज । राजधानीमा आयोजित विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगितामा मिसेस नेपालको उपाधि सविता लामिछानेले जितेकी छन् । पाँचथर घर भई सातबोटा बस्दै आएकी सातमुहाने देउराली बचत ऋण सहकारी संस्थाकी मेनेजर लामिछानेले १७ जना स्पर्धीहरूलाई पछाडि पार्दै उपाधि जितेकी हुन् । उनले बेस्ट पर्सनालिटी र बेस्ट स्पीचको उप उपाधिसमेत जितेकी छन् ।

रिवन इन्टरटेनमेन्टको आयोजनामा भएको मिसेस नेपाल इन्टरनेसनल २०१५ मा सातदोबाटोकी रीति बराल फस्ट रनर्सअपका साथ मिसेस ट्यालेन्ट, नयाँ वानेश्वरकी परिकल्पना राई सेकेन्ड रनर्सअपका साथ मस्ट क्रियटिभ र भ्युअर्स च्वाइस, बूढानीलकण्ठकी विजेता श्रेष्ठ थर्ड रनर्सअपका साथ बेस्ट हेयर र ब्युटी विथ पर्पस तथा बबरमहलकी स्मीता पाण्डे फोर्थ रनर्सअपका साथ मस्ट फ्रेन्डली भएका छन् ।

परिचय राउन्डबाट सुरु भई प्रश्नोत्तर, उत्कृष्ट १२ र उत्कृष्ट ५ हुँदै विजेता चरणमा पुगेर सम्पन्न भएको छनोट कार्यक्रममा विभिन्न विधागत व्यक्तित्वहरूको उपस्थिति थियो । फिल्मकर्मी तथा सञ्चारकर्मी नारायण पुरी, अभिनेता रेश मरहठ्ठा, अभिनेत्री सरिता लामिछाने र नन्दिता केसी तथा बैंकर्स अनिता प्रधानको निर्णायक मण्डलमा रहेका थिए । प्रतियोगितामा सुमन तामाङ भेटवाल मष्ट पपुलर उपाधिको विजेता भएकी थिइन् । उनी बेस्ट स्माइलसमेत चुनिएकी थिइन् । गीत, नृत्य र हास्यव्यंग्य प्रस्तुतिका साथ सम्पन्न कार्यक्रममा उषा लिम्बु सुब्बा मिससे क्याटवक, सोनम श्रेष्ठ केसी मिसेस फोटोजेनिक, दीपीका श्रेष्ठ बस्नेत मिसेस फेसन आइकन, सन्ध्या देउला मिसेस व्युटिफुल, सरस्वती डंगोल बेस्ट फिजिक, जानकी थापा मगर बेस्ट स्कीन, सरला श्रेष्ठ मिससे कन्जिनियालिटी, मीरा मानन्धर बेस्ट डिसिप्लेन र बेस्ट आर्टवर्क, प्रतिमा केसी सोसल वेलफेयर एम्बेसडर, सरिता भुजु श्रेष्ठ मस्ट चार्मिङ, अनिता गुरुङ बेस्ट फिटनेस, सर्वानी पाण्डे बेस्ट एक्टिङ अवार्ड र फेसबुक च्वाइसको विजेता भएका छन् ।

अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न कार्यक्रममा भरत समरी वाणी व्यान्डले गीत संगीत प्रस्तुत गरेका थिए भने ऊर्जा गौतमले नृत्य प्रस्तुत गरेकी थिइन् । त्यसैगरी भरतमणी पौडेल र नवीन खतिवडाले हास्यप्रस्तुति दिएका थिए ।

प्रतिक्रिया