‘अझै पनि’ हङकङमा

aajghai paniकाठमाडौं, २५ असोज । अमेरिकामा यसभन्दा अगाडि प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘अझै पनि’ हङकङमा समेत प्रदर्शन गरिएको छ । हङकङस्थित एकीकृत नेपाली समाज (हिन्स)ले चलचित्र प्रदर्शनको मेलोमेसो मिलाएको हो ।

नेपाली समाजको लागि हङकङ सरकारको परियोजना तथा विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको (हिन्स)ले आयोजना गरेको चलचित्र प्रदर्शनको लागि निर्माता पुनम गौतम हङकङमा पुगेकी थिइन् । निर्माता गौतमका अनुसार अत्यन्तै सफल रूपमा ‘अझै पनि’ प्रदर्शन भएको छ । उनका अनुसार करिब ४ सय जना नेपालीको उपस्थितिमा चलचित्र प्रदर्शन गरिएको थियो ।

स्व. निर्देशक आलोक नेम्बाङद्वारा निर्देशित ‘अझै पनि’बाट सुरुवात गरी हिन्सले हङकङमा प्रत्येक महिना नेपाली चलचित्रको प्रदर्शन गर्ने जमर्को गरेको छ । हिन्सले यो चलचित्र प्रदर्शन हङकङेली नेपाली युवाहरूको संस्था युनाइटेड नेप्लिज एसोसियसनसँग सहकार्य गरेर गरेको हो ।

काठ क्षेत्रको मौलिक कथामा बनेको ‘अझै पनि’मा सुदर्शन थापा, सुरक्षा पन्त, पूजा शर्मा, प्रमिला खनाल, पुष्प खड्का, विशाल ढुंगाना, बिपना धिमाल, मिथीला शर्मा, विजय लामा लगाएतको अभिनय रहेको छ ।

प्रतिक्रिया