रोसी वाङमयको साधारणसभा

roshiकाभ्रे । नौ वर्षअघि स्थापित रोसी वाङमय प्रतिष्ठानले नवौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । दाप्चा काशीखण्ड नगरपालिकामा रहेको बुद्ध एकेडेमीको सभाकक्षामा साधारणसभा भएको थियो ।

सो कार्यक्रममा जनक बहुमुखी क्याम्पसका प्राचार्य एवं प्रमुखअतिथि पूर्णचन्द्र काफ्लेले रोसी सन्देश चौमासिक पत्रिका तथा ‘मित्रलहर’ लघुकाव्य विमोचन लोकार्पण गरे । कार्यक्रममा विभिन्न स्रष्टासर्जकले साहित्य वाचनसमेत गरेका थिए । कार्यक्रममा राजधानी तथा स्थानीय स्तरका कवि एवं साहित्यअनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिष्ठानले लक्ष्मी पूजाको दिन रोसी प्रज्ञा वाङमयको शिलान्यास गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष गोविन्दबहादुर थापाले जानकारी दिए । (सौस)

प्रतिक्रिया