अजयलाई चप्पल प्रहार

ajaमुम्बई, २५ असोज । भारतको बिहारमा मोदीका पार्टीलाई भोट माग्न पुगेका बलिउड अभिनेता अजय देवगनलाई सर्वसाधारणले चप्पल प्रहार गरेका छन् । विहारमा हुनलागेको चुनावका लागि उनी भोट माग्न पुगेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाका उम्मेदवारलाई भोट माग्नका लागि उनले ‘रोड सो’ गर्ने कार्यक्रम थियो । बिहारको लखिसराय पुग्दा भीडले एक्कासी देवगनलाई घेरेका थियो । भीड हटाउन प्रहरीलाई समेत हम्मेहम्मे परेको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् । त्यही भीडबाट एक्कासी कसैले अजय देवगनलाई लक्षित गर्दै चप्पल प्रहार गरेको एबिपिले जनाएको छ ।
भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठीप्रहार समेत गर्नुपरेको थियो । भीड अचाक्ली भएपछि अजयले रोड सो नगरी हेलिकप्टर चढेर फर्किएका थिए । लखिसराय जानुअघि देवगन बिहारको जमुई भन्ने ठाउँमा पनि रोड सोका लागि पुगेका थिए ।

प्रचारकै दौरानमा शिशवा भन्ने गाउँ पुग्नै लाग्दा उनको समूहमाथि हमला भएको थियो । त्यसपछि जनता दल युनाइटेड र भाजपाका कार्यकर्ताबीच झडप भएको थियो । त्यसबेला पनि अजयको रोड सो स्थगित भएको थियो ।

प्रतिक्रिया