‘नेपाली तारा’ कतारमा

nepali-tara-in-qatarकाठमाडौं, २४ असोज । कतारमा ‘गैर आवासीय नेपाली तारा २०१५’ को पहिलो अडिसन सम्पन्न भएको छ । तमु समाज कतारको संरक्षकत्वमा स्थापना भएको तमु सांस्कृतिक परिवारको आयोजनामा भएको अडिसनमा ६३ जना सहभागी मध्ये ५१ जना दोस्रो चरणको अडिसनमा प्रवेश गरेका छन् ।

त्यहाँ भएको पहिलो नृत्यतर्फ १९ जना र गायनतर्फ ४४ जनाको सहभागिता रहेको थियो । अडिसनबाट नृत्यतर्फ रोहित बिसी, इन्द्र गुरुङ, वेदबहादुर सुनुवार, मोहन थापा मगर, दिलबहादुर मगर, पुष्पा बिसी, बद्री श्रेष्ठ, कमल सुनुवार, चित्रबहादुर पुरी, मीना मगर, लेमदेबी मल्ल, अन्जना तामाङ, माइकल चौधरी, जिना पुलामी, बलबहादुर राई र रुबिना तामाङ छनोट भएका छन् ।

यसैगरी नेपाली ताराको गायन सोम थापामगर, बिमल पौडेल, देवेन्द्र गरबुजा, इन्द्र कुमाल, दीपक लिम्बू, भूपराज राई, समीर सुनार, सन्तोष बन्जरा, सुब्बा गुरुङ, दिनेश दर्जी, कमला गुरुङ, अर्जुन पासवान, गोकुल थारू, राजु खत्री, रुबिन बिसी , सुष्मा मगर, सुनील तामाङ, दिनेश दर्जी, सन्देश चामलिङ, सन्तोष लामा, जयन्तकुमार राजवंशी, हिमाल लुम्बा, चन्द्र परियार, राजकुमार राना, योगेश खड्का, मधु लामा, दामोदर न्यौपाने, योगेश राई, धिरेन महरा, तोरन बस्नेत, ज्योति गुरुङ, कृष्ण बिसी, रमेश गुरुङ, सुवास विक र सूर्य राई छनोट भएका छन् ।

कतारमा लुकेर रहेका प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ अडिसनको आयोजना गरिएको हो । विगत लामो समयदेखि संगीतको क्षेत्रमा काम गरिरहेको सो संस्थाको यो छैठौँ प्रस्तुति हो । पहिलो अडिसनको निर्णायक मन्डलमा नृत्यतर्फ भबिन्द्र तामाङ र ईश्वर बल्लभ उप्रेती साथै गायनतर्फ देविका केसी गुरुङ र मंगल विक रहेका थिए ।

प्रतिक्रिया